२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुक अवरुद्ध हुँदा टेलिग्रामलाई भयो यत्रो फाइदा !

२ चैत्र २०७५, शनिबार १०:०७

काठमाडौं । विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुक बुधबार विश्वका धेरै भागमा एक्कासि अवरुद्ध भएको थियो ।

विश्वका लाखौँ प्रयोगकर्ताले फेसबुक लगइन गर्न तथा सामाग्रीहरुमा लाइक–कमेन्ट तथा अपलोड गर्नमै समस्याको सामना गर्नुपर्यो । नियमित सुधारका क्रममा केहीबेर साइड डाउन भएको र छिट्टै नै त्यो पूर्ववत् अवस्थामा आउने फेसबुकले बताए पनि लामो समय फेसबुक अवरुद्ध भैरह्यो । फेसबुक अवरुद्ध हुँदा लाखौँ प्रयोगकर्ता समस्यामा परे । तर, एउटा एपले पनि फेसबुक अवरोधको गज्जब फाइदा उठायो ।

प्राइभेट मेसेजिङ्ग प्लेटफर्म टेलिग्रामका अनुसार, पछिल्लो २४ घण्टामा ३० लाख प्रयोगकर्ता उक्त एपमा जोडिएका छन् ।

टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डूरोभले व्यक्तिगत टेलिग्राम च्यानलमा त्यसको जानकारी दिएका छन् । २४ घण्टामा ३० लाख नयाँ प्रयोगकर्ता टेलिग्रामसँग जोडिएको उनको भनाइ छ ।

टेलिग्राम एक नि:शुल्क एनक्रिप्टेड मेसेजिंग सर्भिस प्लेटफर्म हो । यसले सन् २०१३ मै इण्ड टू इण्ड एनक्रिप्सन फिचर थप गरेको थियो । सुरक्षित च्याटिङ्गको यो फिचर ह्वाट्सएपमा सन् २०१६ मा मात्रै थपिएको थियो ।

एक वर्षअघिको तथ्यांक अनुसार इन्स्टाग्रामका सक्रिय प्रयोगकर्ताको संख्या २० करोड रहेको छ । फेसबुकको तुलनामा यो यस अर्थमा उत्कृष्ट छ कि यसमा विज्ञापन देखिँदैन ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह