२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगलमाथि कसले लगायो १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना !

२०७५, ७ चैत्र बिहीबार ०६:४५

काठमाडौं | यूरोपेली संघ (इयू) को प्रतिस्पर्धा आयोगले गुगलमाथि १४९ करोड यूरो अर्थात् लगभग १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना लगाएको छ ।

प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई रोक लगाएको आरोपमा ईयूको प्रतिस्पर्धा आयोगले गूगललाई १.५ बिलियन युरो जरिवाना लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

गूगलले अनलाइन विज्ञापनमा आफ्नो बलियो अवस्थाको दुरुपयोग गरेको आयोगले ठहर गरेको छ । आयोगले दुई वर्षभित्र गुगललाई प्रतिस्पर्धा नियम उल्लङघनमा जरिवाना तिराएको यो तेस्रो पटक हो । 

गूगलले युरोपियन कमिसनको ‘एन्टीट्रस्ट रुल’ भन्दा बाहिर गएर यस्तो कार्य गरेकाले जरिवाना गरिएको युरोपियन स‌ंघले जनाएको छ । 

गत वर्ष जुलाईमा यूरोपेली युनियनले गुगलमाथि ४.३ अर्ब यूरो जरिवाना लगाएको थियो  ।

अमेरिकी कम्पनी गुगलले आफ्नो मोबाइल डिभाइस रणनीति अनुसार गुगल सर्च इन्जिनलाई गलत तरिकाले थप शक्तिशाली बनाएको आरोप लगाइएपछि गरिएको अनुसन्धानपछि उक्त निर्णय सुनाएको थियो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते