२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मार्टले ल्यायो ९० दिनलाई मान्य हुने गज्जबको डाटा तथा भ्वाइस प्याक, कसरी सुचारु गर्ने ? हेर्नुहोस्

२०७५, २८ चैत्र बिहीबार ०७:१२

चैत २८, काठमाडौं | स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरूको लागि नयाँ डाटा तथा भ्वाइस प्याकहरूको अफर सार्वजनिक गरेको छ ।

२०० एमबी डाटा मात्र ९ रुपैयाँमा १ दिनको लागि मान्य भएको प्याक खरिद गर्न सकिने छ । साथै स्मार्टको अनलिमिटेड भ्वाइस प्याक अन्तर्गत (स्मार्ट टु स्मार्ट) ९ मा १ दिन र २९ रुपैयाँ मा ७ दिन कुरा गर्न सकिने छ । यी दरहरुमा कर भने समावेस गरिएको छैन ।

स्मार्टको नयाँ डाटा प्याक खरिद गरी ग्राहकले संसारभर आफूलाई चाहिएको वेला सहजै आवद्ध गर्न सक्नेछन् । यो अफर अप्रिल ४ देखि ९० दिनको लागि मात्रै लागु हुनेछ । साथै १० जिबी डाटा ३१९ मा ३० दिनका लागि मान्य भएको प्याक खरिद गर्न सकिने छ ।

सेवा सुचारु कसरी गर्ने ?

–१ दिन मान्य हुने २००एमबीको डाटा खरिद गर्न *141*3*1*6#  टाइप गरी  कल गर्न सकिन्छ ।

–१ दिन मान्य हुने अनलिमिटेड भ्वाइस प्याक गरिद गर्न *141*1*2*3# टाइप गरी कल गर्न सकिन्छ (यो १ दिनको लागि मात्र)

–७ दिन मान्य हुने अनलिमिटेड भ्वाइस प्याक गरिद गर्न *141*1*2*2# टाइप गरी कल गर्न सकिन्छ (यो ७ दिनको लागि मात्र हुनेछ)

साथै ज्यादा डाटा प्रयोग गर्ने ग्राहकहरुले स्मार्टको १० जिबी डाटा प्याक मात्र ३१९ (करवाहेक) खरिद गर्न सक्नेछन् । स्मार्टले ग्राहकहरुको आवश्यकता अनुसार विभिन्न डाटा प्याकहरु उपलब्ध गराउँदै आएको छ । 

उच्चस्तरीय नेटवर्कको सुविधा प्रदान गर्न स्मार्टले अत्याधुनिक ४जी प्रविधिको प्रयोग गर्दै आएको छ । स्मार्टका ४जी प्रयोगकर्ताहरुले प्रतिसेकेन्ड ७० एमबीको पिक डाटा तथा ४० एमबीको औसत डाटा रेट प्राप्त गरेका छन् । 

स्मार्टले यस प्याकहरू मार्फत आफ्ना नयाँ तथा विद्यमान ग्राहकहरूलाई  इन्टरनेट र अनलिमिटेड कलको सुविधा अत्यन्तै किफायती दरमा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते