२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिरो मोटरकर्पले ल्यायो फेमिली स्कुटर- डेस्टेनी १२५, काठमाडौँमा शुन्य प्रतिशत डाउनपेमेन्टमा लिन सकिने

२०७६, ३ बैशाख मंगलवार ०८:४७

बैशाख ३,काठमाडौँ । हिरो मोटरकार्प लि. ले आइ थ्री एस प्रविधि सहितको फेमिली स्कुटर- डेस्टेनी १२५ सार्वजनिक गरेको छ। भारतमा बिक्रि शुरु गरेको केहि महिना मै नेपालमा पनि बिक्रि शुरु गरिएको कम्पनीले जनाएको छ ।  


नेपालमा डेस्टेनी १२५ को भ्याट सहितको मूल्य २ लाख ६ हजार मूल्य तोकिएको छ । काठमाडौँमा शुन्य प्रतिशत डाउनपेमेन्ट र काठमाडौँ बाहिर ५० प्रतिशट डाउन पेमेन्टमा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ।  

स्कुटर बैशाख ४ बाट देश्भर हिरोमोटर साइकलका शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । स्कुटर सेगमेन्टमा पहिलो पटक १२५ मा माइलेजको लागि हिरोको अविस्कार आइ थ्री एस जडान गरिएको कम्पनीले जनाएको छ । स्टाइल, पावर र प्रविधिकमा विशेष संयोजन रहेको नयाँ डेस्टेनी १२५ नेपालको पहिलो र एक मात्र फेमिली स्कुटर रहेको कम्पनीले दाबी गरेको छ ।  

स्कुटरमा डिजिटल एनलग स्पिडोमिटर , साइड स्ट्याण्ड  इन्डिकेटर र सर्भिस ड्यु रिमाइन्डर पनि रहेको कम्पनीले जनाएको छ। साथै स्कुटरमा बाहिरबाटै इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइल चार्ज गर्न मिल्ने र बुट लाइटको सुविधा रहेको कम्पनीले जनाएको छ । स्कुटरमा भएको टेलिस्कोप सस्पेन्सन र एकीकृत बैंकिंङ्ग प्रणालीले आरामदायी यात्राको अनुभूति दिलाउने कम्पनीले दावी गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते