२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिज्ञहरुको बिल्ला गरेको भन्दै टिकटकलाई एप स्टोरबाट हटाउन सरकारको आग्रह

३ बैशाख २०७६, मंगलवार ११:०१

बैशाख ३, काठमाडौं | भारत सरकारले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो ।

भारतको सुचना तथा प्रविधि मन्त्रालयले गरेको आग्रह मानेर गुगल र एप्पले एप झिकेको खण्डमा भारतमा टिकटकलाई ठूलो धक्का लाग्नेछ । पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । तर, नयाँ डाउनलोड गर्न सकिनेछैन ।

मद्रास उच्च अदालतले टिकटकले भारतमा अश्लिलता फैलाइरहेको दावी गरेको थियो । साथै भारतीय युवाहरुले यस एपमार्फत भारतीय राजनीतिज्ञहरुको बिल्ला गरिरहेको भनेर तामिलनाडुको संसदमा कुरा उठेको थियो ।

गत साता टिकटकको चिनीया मालिक बाइटडान्सले ६० लाख वटा अनुचित खालका भिडियोहरु हटाएको जानकारी दिएको थियो । तर, तेस्रो पक्षले अपलोड गर्ने भिडियोमा कम्पनी जिम्मेवार नहुने उसको भनाई छ ।

मद्रास सरकारको निर्देशनका विरुद्ध कम्पनीले सर्वोच्चमा पुनरावेदन दिएको थियो । जसमा सर्वोच्चले टिकटकलाई प्रतिवन्ध गर्नु नपर्ने आदेश गर्यो ।

टिकटक गत वर्ष विश्वभरी सर्बाधिक संख्यामा डाउनलोड भएको एप हो । भारतमा यसका करोडौं प्रयोगकर्ता छन् । गत मार्चमा मात्रैआठ करोड ८६ लाख भारतीय प्रयोगकर्ता थपिएको एक अध्ययनले देखाएको छ ।

भारतले गरेको आग्रहमा गुगल र एप्पले प्रतिक्रिया दिएका छैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली