२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमको 4G सेवा देशभर विस्तार गरिने

५ बैशाख २०७६, बिहीबार १५:५९

सुशील दर्नाल | वैशाख ५, काठमाडौँ (रासस) | नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । प्रबन्ध निर्देशक अधिकारीका अनुसार कम्पनीले फोरजी÷एलटीइ आयोजना, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटिटीएच सेवा विस्तार र गुणस्तर सुधार गर्ने टेलिकमको योजना छ । कम्पनीले नेपालमै पहिलोपटक २०७३ पुस १७ (२०१७ जनवरी १) मा काठमाडौँ उपत्यका र पोखराबाट फोरजी सेवा शुरु गरेको थियो ।

“आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले बसोबास रहेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको छ, आगामी दिनमा समेत देशका जनताको शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा परिवर्तन ल्याउन कम्पनीले भूमिका खेल्ने छ”, उहाँले भन्नुभयो ।  टेलिकमले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४०० वटा थ्रीजी बिटिएसको स्तरोन्नति गरेको छ । त्यसैगरी सो अवधिमा ४०७ वटा बिटिएस थप गरेको छ । टेलिकमले एक करोड लाइन मोबाइल आयोजनाअन्तर्गत ग्राहकको माग एवं प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानमा मोबाइल टावर थप गर्ने कार्य जारी राखेको छ । 

सो आयोजनाअन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको छ भने प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । देशभर सातै प्रदेशमा सेवा विस्तारका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको छ । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटिइ कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङ्कङको सिसीएसआइले जिम्मेवारी टेलिकमले पाएको छ । नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात् हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात् हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन् । सम्झौताअनुसार १२ महीनामा कार्य सम्पन्न गर्नका लागि साइट सर्भेको काम शुरु भइसकेको टेलिकमले जनाएको छ । 

मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिइएको छ । सो आयोजनाका लागि पाँचमध्ये चार वटा सम्झौता सम्पन्न भइसकेको प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो । टेलिकमले गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा गरिएको सम्झौताअनुसार प्रदेश १ को ५९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को १०२८ किलोमिटरका लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेल्वेको ज्वाइन्ट भेञ्चर तथा प्रदेश ३ को ५५५ किलोमिटरका लागि हङ्कङको सिसीएसआइसँग सम्झौता गरेको छ । 

टेलिकमले हाल एडीएसएलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेकामा विद्यमान एडीएसएलका ग्राहकलाई एफटिटीएचमा रुपान्तरण गर्ने र मुलुकभर एफटिटीएच वितरण गर्ने लक्ष्यका साथ नेटवर्क विस्तारको कार्य देशभर गरिरहेको छ । इन्टरनेटको साथसाथै आइपिटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको छ । हाल देशभर ४० हजार ९६० लाइन एफटिटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको छ । 

मोबाइल गुणस्तर अभिवृद्धि

नेपाल दूरसञ्चार प्राधिकरणले गत पुस र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वीराजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदनअनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा राम्रो रहेको पाइएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले आश्विन ११ देखि २५, २०७५ सम्म काठमाडौँमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको अध्ययन प्रतिवेदनअनुसार नेपाल टेलिकमको भ्वाइस सेवाको स्तर सबैभन्दा राम्रो भएको उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली