२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको दुई विद्यालयलाई पशु विज्ञान अध्यापनका लागि अनुमति

७ बैशाख २०७६, शनिबार ०३:०३

वैशाख ७, गलकोट । बागलुङको दुई विद्यालयलाई सरकारले पशु विज्ञान अध्यापनका लागि अनुमति प्रदान गरेको छ ।  

जिल्लाको ताराखोला गाउँपालिका–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालय र निसीखोला गाउँपालिका–५ निसीगाउँस्थित ज्ञानेन्द्र माविमा पुश विज्ञान अध्यापनका लागि अनुमति पाएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक प्रविधि शाखा, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ सम्म पशु विज्ञान अध्ययनका लागि हालै मात्र अनुमति दिएको हो ।  

शिक्षालाई व्यावहारिक तथा प्रयोगात्मक बनाउने अभियानमा नेपाल सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने अभियानअन्तर्गत अनुमति प्रदान गरेको मन्त्रालयले जनाएको छ । “हामीले पटक पटकको प्रयासपछि पशु विज्ञान अध्यापन गराउने अनुमति प्राप्त गरेका छौँ,” नेपाल मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले भन्नुभयो, “गाउँमै विपन्न परिवारका छोराछोरीलाई प्राविधिक शिक्षाको पहुँच पुग्नेछ ।”

नेपाल माविले गत फागुनमा स्वर्ण महोत्सवका अवसरमा प्राविधिक सञ्चालनका लागि सञ्चालन गरेको आर्थिक सहयोग अभियानमा डेढ करोड रुपैयाँ सङ्कलन गरेको विद्यालयले जनाएको छ । जिल्लाकै विकट विद्यालयमा प्राविधिक पशुविज्ञान सञ्चालन गर्न पाउँदा खुशी लागेको ज्ञानेन्द्र माविका व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्ती मगरले प्रतिक्रिया दिनुभयो ।

“दूरदराजका विद्यालयमा प्राविधिक शिक्षाको पहुँच पुग्दा दक्ष जनशक्ति उत्पादन हुनेछन्,” मगरले भन्नुभयो । सामुदायिक विद्यालयप्रतिको आकर्षण घटिरहेको सन्दर्भमा कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएका उक्त दुई विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । नेपाल माविमा ४९१ र ज्ञानेन्द्र माविमा ७१५ विद्यार्थी अध्यनरत छन् । प्राविधिक शिक्षा सञ्चालनका आवश्यक तयारी भईरहेको नेपाल माविका प्रधानाध्यापक थमप्रसाद रोकाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली