२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

OPPO को F11pro र F11 नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ? हेर्नुहोस्

२०७६, १० बैशाख मंगलवार ०७:१८

बैशाख १०, काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत ओप्पो एफ ११ प्रो नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नवप्रबर्तनात्मक प्रविधि समाहित उक्त फोन सार्वजनिक भएको छ । ओप्पो एफ ११ प्रो मोबाइलको पछाडिको भागमा ४८ मेगापिक्सेल र ५ मेगापिक्सेलका दुई क्यामेरा रहेका छन् । ओप्पो एफ११ प्रोको बजार मुल्य रु.४७,९९० तोकिएको छ । ओप्पो एफ११ प्रो हरियो र कालो दुई रंगमा उपलब्ध छ । कालो मोडेलको सटेपछाडिको भागमा हल्का पर्पल र भाइलेट रंग दिइएकाले आकर्षक देखिन्छ । फोनका अन्य विशेषताको कुरा गर्दा यसमा १२ एनएम २.० गिगाहर्ज ओक्टाकोर मेडियाटेक हेलियो पी७० प्रोसेसर राखिएको छ । यसले राम्रो परफरमेन्स दिनेछ ।


त्यस्तै फोनको अर्को उल्लेख्नीय पक्ष बजेट मोबाइलमै पनि ६ जिबीको र्याम र १२८ जिबीको स्टोरेज हुनु हो । यति कम मूल्यको मोबाइलमा यति उच्च स्टोरेज हाल कमै मोबाइलमा मात्र उपलब्ध छ । मोबाइलमा माइक्रो–एसडी प्रयोग गरेर स्टोरेजलाई थप बढाउन सकिन्छ ।

४००० एमएएचको शक्तिशाली ब्याट्री रहेको ओप्पो एफ११ मा एन्ड्रोइडको पछिल्लो संस्करण अन्ड्रोइड ९.० चल्छ । यसलाई कम्पनीले कस्टमाइज गरेर प्रयोगकर्ताहरुका लागि थप विकल्प दिएको छ । 

ओप्पो एफ११ प्रो सेटको लागि कम्पनीले छिट्टै चार्ज हुने चार्जर दिएको छ । कम्पनीको दावी अनुसार उक्त चार्जरले चार्ज हुने समयलाई २० प्रतिशतले घटाउनेछ ।

कम्पनीले एफ११ र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसनपनि सार्वजनिक गरेको छ ।

ओपो एफ११ को बजार मूल्य ३७ हजार ९ सय ९० रहेको छ भने ‘ओपो मार्बेल्स’को बजार मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ रहेको निर्धारण गरिएको छ । 

कम्पनीकाअनुसार सबै फोनका लागि अप्रिल २३ देखि २८ सम्म प्रि-अर्डर अवधि तोकिएको छ ।

सार्वजनिक सबै फोनहरु अप्रिल २९ देखि सर्वत्र बजारमा उपलब्ध हुने कार्यक्रममार्फत जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते