२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

OPPO को F11pro र F11 नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ? हेर्नुहोस्

१० बैशाख २०७६, मंगलवार ०७:१८

बैशाख १०, काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत ओप्पो एफ ११ प्रो नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नवप्रबर्तनात्मक प्रविधि समाहित उक्त फोन सार्वजनिक भएको छ । ओप्पो एफ ११ प्रो मोबाइलको पछाडिको भागमा ४८ मेगापिक्सेल र ५ मेगापिक्सेलका दुई क्यामेरा रहेका छन् । ओप्पो एफ११ प्रोको बजार मुल्य रु.४७,९९० तोकिएको छ । ओप्पो एफ११ प्रो हरियो र कालो दुई रंगमा उपलब्ध छ । कालो मोडेलको सटेपछाडिको भागमा हल्का पर्पल र भाइलेट रंग दिइएकाले आकर्षक देखिन्छ । फोनका अन्य विशेषताको कुरा गर्दा यसमा १२ एनएम २.० गिगाहर्ज ओक्टाकोर मेडियाटेक हेलियो पी७० प्रोसेसर राखिएको छ । यसले राम्रो परफरमेन्स दिनेछ ।


त्यस्तै फोनको अर्को उल्लेख्नीय पक्ष बजेट मोबाइलमै पनि ६ जिबीको र्याम र १२८ जिबीको स्टोरेज हुनु हो । यति कम मूल्यको मोबाइलमा यति उच्च स्टोरेज हाल कमै मोबाइलमा मात्र उपलब्ध छ । मोबाइलमा माइक्रो–एसडी प्रयोग गरेर स्टोरेजलाई थप बढाउन सकिन्छ ।

४००० एमएएचको शक्तिशाली ब्याट्री रहेको ओप्पो एफ११ मा एन्ड्रोइडको पछिल्लो संस्करण अन्ड्रोइड ९.० चल्छ । यसलाई कम्पनीले कस्टमाइज गरेर प्रयोगकर्ताहरुका लागि थप विकल्प दिएको छ । 

ओप्पो एफ११ प्रो सेटको लागि कम्पनीले छिट्टै चार्ज हुने चार्जर दिएको छ । कम्पनीको दावी अनुसार उक्त चार्जरले चार्ज हुने समयलाई २० प्रतिशतले घटाउनेछ ।

कम्पनीले एफ११ र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसनपनि सार्वजनिक गरेको छ ।

ओपो एफ११ को बजार मूल्य ३७ हजार ९ सय ९० रहेको छ भने ‘ओपो मार्बेल्स’को बजार मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ रहेको निर्धारण गरिएको छ । 

कम्पनीकाअनुसार सबै फोनका लागि अप्रिल २३ देखि २८ सम्म प्रि-अर्डर अवधि तोकिएको छ ।

सार्वजनिक सबै फोनहरु अप्रिल २९ देखि सर्वत्र बजारमा उपलब्ध हुने कार्यक्रममार्फत जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली