२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुक मेसेन्जरमा एकैपटक ५ वटा सम्म एकाउन्ट चलाउन सकिने, यस्तो छ तरिका

१० बैशाख २०७६, मंगलवार १०:०७

काठमाडौं । कयौं मानिसहरु यस्ता हुन्छन की उनीहरु फेसबुकमा एक भन्दा धेरै एकाउन्ट प्रयोग गर्ने गर्दछन् । तर उनीहरुलाई सँधै यो समस्या हुन्छ की कसरी एकैपटक ती एकान्टसको म्यासेन्जर प्रयोग गर्ने भनेर । तर यो निकै सजिलो र सहज छ ।

एउटै स्मार्टफोनबाट आफ्नो एक भन्दा धेरै फेसबुक मेसेन्जर एकाउन्ट चलाउन सकिन्छ ।

फेसबुक मेसेन्जरमा तपाईँले एकैपटक पाँचवटासम्म एकाउन्ट जोडेर प्रयोग गर्न सक्नुहुन्छ । यसमा तपाईँले ती सबै एकाउन्टलाई जोड्नुपर्ने हुन्छ । जब तपाईँ आफ्नो नयाँ एकाउन्छ एड गर्नुहुन्छ भने त्यतिबेलासम्म फेसबुक मेसेन्जरले तपाईँलाई परमिशन दिँदैन जबसम्म तपाईँ पासवर्ड सेभ गर्नुहुन्न।

यो गर्दा एउटा विषय भने ध्यान दिनुहोस की तपाईँले एड गरेका कुनैपनि एकाउन्ट पछि हटाउन अर्थात रिमूभ गर्न सक्नुहुन्छ ।

कसरी एड गर्ने नयाँ एकाउन्ट

-आइफोन, आइप्याड वा एन्ड्रोयड एकाउन्टमा एड गर्नको लागि सबैभन्दा पहिले तपाईँले आफ्नो फेसबुक मेसेन्जर खोल्नुहोस् ।

-त्यसमा देखिने आफ्नो प्रोफाइल पिक्चरमा ट्याप गर्नुस्

-त्यसपछि स्क्रोल डाउन गरेर तल जानुस र स्विच एकाउन्टमा जानुस् । यहाँ तपाईँलाई एड एकाउन्टको अप्शन देखिनेछ र त्यसमा ट्याप गर्नुहोस् । त्यसपछि आफ्नो एकाउन्टको डिटेल दिएर ओकेमा ट्याप गर्नुस् । त्यसपछि तपाईँको नयाँ एकाउन्ट जोडिनेछ ।

यसरी एकाउन्ट स्विच गर्नुस्

-आफ्नो सबै एकाउन्ट एड गरेपछि तपाईँले प्रत्येक मेसेन्जर एकाउन्ट प्रयोग गर्न सक्नुहुन्छ । यसमा छुट्टै छुट्टै एकाउन्ट स्विच गर्नको लागि अब मेसेन्जर एप खोल्नुस्

-त्यसपछि तपाईँको आफ्नो प्रोफाइल पिक्चरमा ट्याप गर्नुस् । त्यसमा तपाईँलाई स्चिव एकाउन्ट देखिनेछ । जसमा कुन एकाउन्ट तपाईँ प्रयोग गर्न चाहनुहुन्छ त्यो एकाउन्टमा ट्याप गर्नुस र मज्जाले आफ्ना साथीभाईहरुसँग च्याट र कुराकानी गर्नुस् । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली