२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ कारण जसले मोबाइल ह्याङ बनाउँछ

२०७६, २७ बैशाख शुक्रबार ०८:२९

मोबाइलका अधिकांश प्रयोगकर्ताहरूको आकर्षण स्मार्टफोन तर्फ बढिरहेको छ । आइफोनमा आइअोएस र अधिकाशं अरू ब्रान्डमा एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा छन् ।

प्रयोगकर्ताहरूले स्मार्टफोनबाट जति सुविधा लिएका छन् बेलाबेलामा त्यत्ति नै हैरानी पनि पाउँछन्। स्मार्टफोन चलाउने तल उल्लेख गरेका समाधान र उपायलाई  ख्याल गर्नु भयो भने तपाईँले ह्याङ हुने तनाब कम गर्न सक्नुहुन्छ ।

१. धेरै एप्सहरु खुलै रहनु

हामीले स्मार्टफोनमा कुनै एप्स खोलेर ब्याक गर्छौ भने त्यो बेलामा एप्स बन्द भएको होइन मिनिमाइज भएको हुन्छ । यस्तो अवस्थामा त्यो एप्स मोवाइलको ब्याकग्राउण्डमा भने चलिरहेको हुन्छ । यसरी ब्याकग्राउण्डमा एप्स चलिरहँदा यसले मोवाइलको र्‍याम लिइरहेको हुन्छ ।  तपाई इन्टरनेटसंग जोडिनु भयो भने ति एप्सहरुले आफूलाई चाहिने अपडेटहरु पहिला लिन्छन् । त्यसैले कुनै पनि एप्स चलाएपछि मोवाइलको नेभिगेसन किवाट उक्त एप्सलाई बन्द गर्ने बानी बसाल्नु पर्छ ।

२. क्यासेस बढी हुनु

स्मार्टफोनवाट इन्टरनेट धेरै चलाउने प्रयोगकर्ताहरूको  स्लो हुने समस्या देखिन्छ । इन्टरनेटका कुनै पनि पेज हेरेपछि फेरी हेर्न सजिलो होस् भनेर ति पेजका क्यास र टेम्पोररी फाइलहरू सेट भित्रै  बस्छन् । यसरी लगातार चलाईरहदा त्यसले बढी मेमोरी खान्छ र मोवाइललाई स्लो बनाउँछ । क्यासेस वा टेम्पोररी फाइल हटाउने एप्सहरु पनि पाइन्छन । आफै सेटिङमा गएर वा व्राउजरमै गएर पनि हटाउन सकिन्छ ।

३. थर्ड पार्टीको सफ्टवेयर प्रयोग

एन्डोइड वा आइओसले आधिकारिक ठानेका एप्सहरु मात्र इन्टल गर्नु राम्रो हो । कतिपयले थर्ड पार्टी ल्याएको एप्सहरु राख्नाले त्यस्ता एप्सले अरु एप्सहरुलाई पनि असर गर्ने गर्छ । त्यसैले एण्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोर र आईफोनका प्रयोगकर्ताले एप स्टोरबाट एप्सहरु इन्स्टल गर्नु पर्दछ ।

४. स्टोरेज कम हुनु

स्मार्टफोनमा दुई किसिमको स्टोरेज प्रयोग भएको हुन्छ । एउटा सेटमै भएको इन्टरनल र अर्को छुट्टै थप्ने  एक्सर्टनल । यदी हामीले एक्सर्टनल स्टोरेज (मेमोरी कार्ड) राख्दैनौ भने हामीले खिचेको फोटो, भिडियो, एप्सहरु सबै इन्टरनलमा राख्नुपर्ने हुन्छ । जसको कारण भरिएपछि मोबाइल ह्यांग हुनथाल्छ । त्यसैले सेटको क्षमता अनुसार एक्सर्टनल स्टोरेज राखेर फोटो, भिडियो, एप्स लगायत बढी साइज लिने फाइलहरूलाई त्यसमा राख्ने गर्नु पर्छ ।

५. आफै एप्स इन्टल हुनु

एप्स डाउनलोड गर्दा कहिले काँही नचाहिने एप्सहरु पनि सोही एप्सहरुसंग मिसिएर इन्स्टल हुन सक्छ । कहिलेकाँही वेवसाइट वा एप्समा आउने जुन पायो त्यही विज्ञापन थिच्दा पनि यस्तो हुन सक्छ । यसरी आएका एप्सहरु देखिदैनन् तर यसले मोवाइललाई स्लो  बनाउन भुमिका केलिरहेका हुन्छन् ।

६. बेलाबेलामा फोनलाई रिस्टार्ट गरौं

हामीले हत्तपत्त मोबाइललाई स्विच अफ गर्दैनौ । लगातार स्विच अफ नभएर लामो समयसम्म काम गरिरहँदा पनि मोबाइल फोन स्लो हुन सक्छ । त्यसैले कमसेकम हप्ताको एक पटक मोवाइल फोन अफ गरेर त्यसको ब्याट्रि र मेमोरी कार्डलाई झिकेर फेरी राखेर रिस्टार्ट गर्दा स्लो हुने समस्या केही घट्न सक्छ ।

७. अनावश्यक एप्सहरु हटाऔं

हामी कतिपय आफ्नो सेटमा कमै चलाउने एप्सहरु इन्स्टल गरेर राख्छौं । आफुलाई नचाहिने र कमै चलाउने यस्ता एप्सहरुले फोनको स्टोरेज र र्‍याम दुबै ओगटेर बसेको हुन्छ । त्यसैले आफुले नचलाउने एप्सहरुलाई पहिला हटाउनु होस् । यदी दुबै एप्सको काम एकै किसिमको छ भने एउटा मात्र राख्नुस् । यस्तो कार्यले थोरै एप्सवाट पनि तपाईले धेरै काम गर्न सक्नुहुन्छ ।

८. सहि चार्जरको छनोट

मोबाइललाई जुन पायो त्यही चार्जरले चार्ज गर्ने गर्नु हुदैंन । यस्तो कार्यले गर्दा मोवाइलको ब्याट्री क्षमतालाई क्षीण गर्दै लैजान्छ । जसको असर मोबाइलमा पनि पर्छ र मोबाइल फोन स्लो हुन सक्छ । त्यसैले सधै आफ्नो मोबाइल सेटमा आएको कम्पनीकै चार्जरवाट मोबाइल फोन चार्ज गर्नु राम्रो । एजेन्सीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते