२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुक चलाउनुहुन्छ ? अबदेखि सबैभन्दा माथि ‘बेस्ट फ्रेण्ड’ देख्न पाइने

२०७६, ५ जेष्ठ आईतवार ०८:०५

जेठ ५, काठमाडौं । तपाई हरेक दिन फेसबुक चलाउनु हुन्छ ? तर तपाइलाई आफ्ना बेस्ट फ्रेण्डका गतिविधिहरु बारे खासै थाहा नहुन सक्छ । यस्तै कुरालाई ध्यानमा राखेर  फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्दैछ । 

जस मार्फत प्रयोगकर्ताले आफ्ना सबैभन्दा निकट अर्थात् ‘बेस्ट फ्रेण्ड’हरु तथा प्रयोगकर्ताका सबैभन्दा उपयोगी लिंकहरुलाई न्यूजफिडमा सबैभन्दा माथि हेर्न पाउनेछन् । यी परीवर्त फेसबुकका २ अर्ब ३० करोड प्रयोगकर्ताका लागि लागू हुनेछ । 

फेसबुकले यस बारेमा धेरै जानकारी प्रदान गर्नका लागि हालै एउटा सर्भेक्षण गरेको छ । जसको उद्देश्य फेसबुक प्रयोगकर्ताले के हेर्न चाहन्छन् ? र कसको माध्यमबाट हेर्न चाहन्छन् ? भन्ने कुरा थाहा पाउनु थियो ।

फेसबुकले एक ब्लग पोष्टमा भनेको छ, ‘हामीले गरेको सर्भेको आधारमा दुईवटा अपडेटको घोषणा गरिरहेका छौँ । त्यसमध्ये एउटा चाहिँ फेसबुक प्रयोगकर्ताले आफूले धेरै हेर्न/सुन्न चाहने कुनैपनि साथीलाई प्राथमिकता दिनेछ । दोश्रो चाहिँ यस्ता लिंकहरुलाई प्राथमिकता दिइनेछ जसलाई कुनै व्यक्तिले सबैभन्दा धेरै सार्थक ठान्दछ ।’

उदाहरणका लागि यदि कुनैलाई एउटै फोटोमा बारम्बार ट्याग गरिन्छ वा फेरि प्रयोगकर्ताको एउटै पोष्टमा लगातार लाइक तथा कमेन्ट आउँछन् तथा कुनै व्यक्ति एकै ठाउँमा बारम्बार चेकइन गर्दछ भने फेसबुकले त्यो प्रवृत्तिलाई ख्याल गर्दछ ।

यी सबै तथ्यलाई आफ्नो एल्गोरिदममा प्रयोग गरी फेसबुकले कुनै पनि प्रयोगकर्ताको न्यूजफिडमा प्राथमिकीकरण गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते