२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुक चलाउनुहुन्छ ? अबदेखि सबैभन्दा माथि ‘बेस्ट फ्रेण्ड’ देख्न पाइने

५ जेष्ठ २०७६, आईतवार ०८:०५

जेठ ५, काठमाडौं । तपाई हरेक दिन फेसबुक चलाउनु हुन्छ ? तर तपाइलाई आफ्ना बेस्ट फ्रेण्डका गतिविधिहरु बारे खासै थाहा नहुन सक्छ । यस्तै कुरालाई ध्यानमा राखेर  फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्दैछ । 

जस मार्फत प्रयोगकर्ताले आफ्ना सबैभन्दा निकट अर्थात् ‘बेस्ट फ्रेण्ड’हरु तथा प्रयोगकर्ताका सबैभन्दा उपयोगी लिंकहरुलाई न्यूजफिडमा सबैभन्दा माथि हेर्न पाउनेछन् । यी परीवर्त फेसबुकका २ अर्ब ३० करोड प्रयोगकर्ताका लागि लागू हुनेछ । 

फेसबुकले यस बारेमा धेरै जानकारी प्रदान गर्नका लागि हालै एउटा सर्भेक्षण गरेको छ । जसको उद्देश्य फेसबुक प्रयोगकर्ताले के हेर्न चाहन्छन् ? र कसको माध्यमबाट हेर्न चाहन्छन् ? भन्ने कुरा थाहा पाउनु थियो ।

फेसबुकले एक ब्लग पोष्टमा भनेको छ, ‘हामीले गरेको सर्भेको आधारमा दुईवटा अपडेटको घोषणा गरिरहेका छौँ । त्यसमध्ये एउटा चाहिँ फेसबुक प्रयोगकर्ताले आफूले धेरै हेर्न/सुन्न चाहने कुनैपनि साथीलाई प्राथमिकता दिनेछ । दोश्रो चाहिँ यस्ता लिंकहरुलाई प्राथमिकता दिइनेछ जसलाई कुनै व्यक्तिले सबैभन्दा धेरै सार्थक ठान्दछ ।’

उदाहरणका लागि यदि कुनैलाई एउटै फोटोमा बारम्बार ट्याग गरिन्छ वा फेरि प्रयोगकर्ताको एउटै पोष्टमा लगातार लाइक तथा कमेन्ट आउँछन् तथा कुनै व्यक्ति एकै ठाउँमा बारम्बार चेकइन गर्दछ भने फेसबुकले त्यो प्रवृत्तिलाई ख्याल गर्दछ ।

यी सबै तथ्यलाई आफ्नो एल्गोरिदममा प्रयोग गरी फेसबुकले कुनै पनि प्रयोगकर्ताको न्यूजफिडमा प्राथमिकीकरण गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य