२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

आगामी तीन वर्षमा भक्तपुर देशकै नमूना जिल्ला बन्ने श्रममन्त्रीको दाबी

२३ असार २०७६, सोमबार १६:१०

असार २३, भक्तपुर । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता आगामी तीन वर्षभित्रमा अक्षरश पालना पूरा गर्ने बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिकाको पाँचाँै नगरसभाले पारित नीति, कार्यक्रम तथा बजेट पुस्तिका सार्वजनिक गर्दै उहाँले अञ्जानमा भएका त्रुटिलाई जनताको सुझावका रुपमा ग्रहण गर्दै सच्याएर समृद्धिको गन्तव्यमा पुगेरै छाड्ने बताउनुभयो । 

प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको सिङ्गो जिल्ला विकासमा लम्किएको बताउँदै आगामी तीन वर्षमा भक्तपुर देशकै नमूना जिल्ला बन्ने बताउनुभयो । 

प्रदेश नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरिञ्जीवी तिमिल्सिनाले स्थानीय सरकारले विकासको मूल फुटाएको बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले एक अर्ब ४१ करोड ८० लाखको बजेट सार्वजनिक गरेको बताउँदै पछाडि परेको चाँगुनारायणमा विकासको बहार आएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य