२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व स्मार्टफोन बजारका टप टेन कम्पनी, कुन स्थानमा पर्छ सामसुङ ?

१६ श्रावण २०७६, बिहीबार ०६:४८

साउन १६, काठमाडौँ |  स्ट्राटेजिक एनालिटिक्स तथा काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार सन् २०१९ को दोस्रो त्रैमासिकमा पनि विश्व बजारमा स्मार्टफोनको बिक्रीमा गिरावटले निरन्तरता पाएको छ । समस्याको बाबजुतपनि  सामसुङ र हुवावेले भने स्मार्टफोनको बिक्री तथा बजार हिस्सामा वृद्धिदर हासिल गर्न सफल भएका छन् ।

स्ट्राटेजिक एनालिटिक्सका अनुसार विश्व स्मार्टफोन बजारमा यस त्रैमासिकमा स्मार्टफोनको बिक्रीमा २ दशमलव ६ प्रतिशतले कमी आएको छ तर सामसुङका स्मार्टफोनको बिक्रीमा भने १.९ प्रतिशतको वृद्धिदर देखिएको छ । अर्को कम्पनी हुवावेका स्मार्टफोनको बिक्रीमा चाहिँ १ दशमलब ७ प्रतिशतको वृद्धिदर हासिल भएको छ ।  सन् २०१९ को दोस्रो त्रैमासिकमा एप्पलका स्मार्टफोनको बिक्रीमा शून्य दशमलव ७ प्रतिशतको गिरावट देखिएको छ ।

संख्याका हिसाबले उक्त तीन महिनामा सामसुङले ७ करोड ६३ लाख गोटा स्मार्टफोन बेच्न सफल भएको छ । त्यस्तै दोस्रो स्थानको हुवावेका ५ करोड ८७ लाख थान स्मार्टफोन बिक्री भएका छन् भने तेस्रो स्थानमा रहेको एप्पलका ३ करोड ८० लाख थान मात्र आइफोन बिकेका छन् ।

काउन्टर प्वाइन्टको रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा सबैभन्दा धेरै हिस्सा रहेको सामसुङको बजार हिस्सा २१ दशमलब ६ प्रतिशत रहेको छ । दोश्रो स्थानमा रहेको हुवावेको बजार हिस्स १५ दशमलव ८ प्रतिशत रहेको छ भने तेस्रो स्थानको एप्पलको १० दशमलव १ प्रतिशत रहेको छ ।

त्यस्तै चौथो स्थानमा शाओमी छ, जसको बजार हिस्सा ९ प्रतिशत रहेको छ । ओप्पोको ८.१ प्रतिशत, भिभोको ७.५ प्रतिशत, लेनोभोको २.६ प्रतिशत, एलजीको २.२ प्रतिशत तथा नोकियाको स्वामित्व रहेको एचएमडीको बजार हिस्सा १.३ प्रतिशत रहेको छ । त्यस्तै रियलमीको बजार हिस्सा १.३ प्रतिशत रहेको छ भने अन्य विभिन्न ब्राण्डका स्मार्टफोनहरुले बाँकी २०.८ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य