टिप्स | आज हामी तपाईलाई यो लेखमा पब्जी लभरहरुको लागि निकै आवश्यक टिप्स बारे जानकारी दिन गईरहेका छौं ।
कयौं पटक यस्तो हुन्छ कि जब तपाई आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहनुभएको हुन्छ तब कसैको फोन कल आउँछ । यसको साथै कुनै संदेश आउँछ वा कुनै नोटिफिकेशन आउँछ । यति मात्र होइन कहिले-काही पब्जी खेल्दै गर्दा झुक्किएर होम बटन थिचिन्छ, जसको कारण खेलमा डिस्टर्ब हुन्छ । यस्तै समस्याबाट बच्नको लागि तपाईलाई हामीले एउटा निकै आवश्यक तरीकाबारे जानकारी दिन गईरहेका छौं, जुन जानकारी पाएपछि तपाइलाई पब्जी खेल्ने समयमा कुनै डिस्टर्ब हुनेछैन ।
यो तरिका अपनाए पछि यदी कसैको कल वा म्यासेज वा नोटिफिकेसन आएपनि तपाइको खेलमा कुनै डिस्टर्ब हुनेछैन । यस सुविधालाई अपनाउनको लागि तपाइले आफ्नो फोनमा पिन स्क्रीनिंग (pin screening) नाम भएको एक अप्सन एक्टिवेट गर्नुपर्ने छ ।
यो अप्सन एक्टिवेट गर्नको लागि तपाइले सबैभन्दा पहिले आफ्नो स्मार्टफोनको सेटिंगमा जानुहोस् । सेटिंगमा गएपछि त्यहाँ माथि देखाईएको सर्च अप्शनमा Pin Screening लेखेर सर्च गर्नुहोस् । सर्च गरेपछि तपाइको स्क्रीन पिनिंग को अप्शन देख्नुहुनेछ । त्यस अप्शनलाई तपाई एक्टिभेट गर्नुहोस् ।
अब तपाई आफ्नो फोनको होम स्क्रीन बटन टच गर्नुहोस् वा भोल्यूम बटन प्रेस गर्नुहोस् वा तपाईको मोबाइल फोनको स्क्रीनमा जे टच गर्दा पनि केहि हुनेछैन । तपाइको फोनमा उक्त समय सिर्फ गेम मात्र चल्नेछ । यो अवस्थामा यदी कसैको फोन वा म्यासेज आए पनि त्यो तपाइको स्क्रीनमा आउनेछैन र तपाइले खेल खेल्दै गरेको अवस्थामा कुनै पनि डिस्टर्ब हुनेछैन ।
खेल खेलेपछि यदी तपाई फेरी पुरानै अवस्थामा जान चाहनुहुन्छ भने तपाइँ आफ्नो होम स्क्रीन बटनलाई टच गरेर केहि सेकेन्ड्सको लागि होल्ड गर्नुहोस् । त्यसपछि स्क्रीन पिनिंगको अप्शन हट्नेछ र फेरी तपाइँ चाहनुहुन्छ भने त्यसैगरि सेटिङ मिलाउन सक्नुहुनेछ ।