२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् तीव्र गतिको इन्टरनेट भएका देश, कुन स्थानमा पर्छ नेपाल ?

२०७६, २७ भाद्र शुक्रबार ०९:२१

भदौ २७, काठमाडौं | विश्वको इन्टरनेट स्पीडको विश्लेषण तथा परीक्षण गर्ने कम्पनी उक्लाले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विश्वमा मोबाइल तथा ब्रोडब्याण्ड इन्टरनेटको गतिमा उल्लेख्य रुपमा वृद्धि भैरहेको छ ।

स्पीडटेष्ट ग्लोबल इन्डेक्स नामक रिपोर्टअनुसार विश्वमा मोबाइल इन्टरनेटको स्पीडमा २१.४ प्रतिशत तथा ब्रोडब्याण्डको स्पीडमा ३७.४ प्रतिशतले वृद्धि भएको छ । रिपोर्टअनुसार विश्वमा सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट भएको देश दक्षिण कोरिया हो । दक्षिण कोरियामा मोबाइल इन्टरनेटको गति ९७.४४ एमबीपीएस रहेको छ । त्यस्तै सबैभन्दा तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट रहेको देशचाहिँ सिंगापुर रहेको छ । 

सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट रहेका टपटेन देशहरु यी हुन् :

· दक्षिण कोरिया : ९७.४४

· अस्ट्रेलिया : ६३.३४

· कतार : ६१.७२

· यूएई : ६१.२४

· नर्वे : ६०.९०

· क्यानडा : ६०.७२

· नेदरल्याण्ड : ५९.५४

· स्विजरल्याण्ड : ५४.४२

· सिंगापुर : ५०.४३

· माल्टा : ५०.१४

त्यस्तै, फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको मामिलामा सबैभन्दा तीव्र गतिको इन्टरनेट भएका देशहरु यी हुन्ः

· सिंगापुर : १९१.९३

· दक्षिण कोरिया : १५६.१८

· ताइवान : १५१.७५

· हंगकंग : १५१.०२

· रोमानिया : १३०.७९

· मोनाको : १२५.६९

· एन्डोरा : ११५.८८

· अमेरिका : ११५.६७

· स्विजरल्याण्ड : ११५.३८

· मकाउ : ११४.४३

भारतभन्दा नेपाल अगाडि मोबाइल इन्टरनेट स्पीडको मामिलामा नेपाल भारतभन्दा अगाडि रहेको रिपोर्टले देखाएको छ । नेपाल १ सय २९ स्थानमा रहँदा भारत १ सय ३० औँ स्थानमा रहेको छ ।

रिपोर्टअनुसार नेपालको मोबाइल इन्टरनेट स्पीड १०.७० एमबीपीएस रहेको छ । जबकी भारतको मोबाइल इन्टरनेट स्पीड १०.६३ एमबीपीएस रहेको छ । मोबाइल इन्टरनेट स्पीडको सूचकांकमा बंगलादेश १ सय ३५ औँ तथा अफगानिस्तान १ सय ४० औँ स्थानमा रहँदै नेपालभन्दा पछाडि रहेका छन् ।

त्यस्तै फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट स्पीडको सूचकांकमा नेपाल १ सय पाचौँ स्थानमा रहेको छ । नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको स्पीड २०.३८ एमबीपीएस रहेको छ । दक्षिण एसियामा नेपालभन्दा पछाडि माल्दिभ्स १ सय २४ औँ, पाकिस्तान १ सय ५६ औँ, अफगानिस्तान १ सय ६७ औँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते