२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओपो ए सिरिज २०२० नेपाली बजारमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर्स

२०७६, ६ आश्विन सोमबार ११:३२

असोज ६, काठमाडौँ | ओपो कम्पनीले नेपाली बजारमा नयाँ मोडलका ए सिरिज २०२० मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ | कम्पनीको लोकप्रिय सिरिजका नयाँ पुस्ताको स्मार्टफोन “एफाइभ २०२०” र एनाइन २०२० स्मार्टफोन बजारमा ल्याएको हो |

यी फोनमा विशेषगरी ब्याट्री, क्यामेरा, डिजाइन र गुणस्तारका हिसाबले बिलकुल नयाँ प्रयोग गरिएको कम्पनीको दाबी छ | लामो समयको परिक्षणपछि बजारमा ल्याइएको र यसलाई उपभोक्ताले मन पराउने बिश्वास लिईएको छ |

‌ओपो ए सिरिज २०२० का स्मार्टफोनमा ५ हजार एमएच क्षमताको ब्याट्री रहेको छ। जसले निरन्तर १९ घण्टा चलाउन मिल्ने र ११ घण्टा एचडी युटुब भिडियो हेर्न सकिने र ७ घण्टा पब्जी खेल्न सकिने कम्पनीले जानकारी दिएको छ |

विशेषगरी अडियो, भिडियो क्वालिटीका लागि राम्रो रहेको कम्पनीको भनाई रहेको छ | त्यस्तै यी फोनमा टिकटक भिडियो खिच्नका लागि अप्टिमाइजेसन गर्न सकिने क्यामेरा प्रविधि भएको, यो सिरिजका स्मार्टफोनमा पछाडीको मुख्य क्यामेरा ४८ मेगापिक्सेलको छ। यसमा चारवटा क्यामेरा रहेका छन् |

फरक आवश्यकता काम लाग्नेगरी चारवटा लेन्स राखिएको छ | मुख्य क्वाड क्यामेरासँगै ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेलको मोनो लेन्स, २ मेगापिक्सेलकै पोट्रेट लेन्स छन् | त्यस्तै अपो ए फाइभ २०२० मा अल्ट्रा नाइटमोड लेन्स पनि हुने छ |

विभिन्न रंगमा उपलब्ध हुने यो सिरिजका स्मार्टफोनमा १२८ जिबी मेमोरी हुने छ | तिनवटा कार्ड स्लट भएका यी फोनमा २५६ जिबीको मेमोरी कार्ड पनि राख्न मिल्ने छ | नेपाली बजारमा ८ जिबी रोम र १२८ जिबी र्‍याम भएको एनाइन असोज १४ देखि नेपाली बजारमा उपलब्ध हुने छ। यसको मूल्य ३५ हजार रहेको छ |

त्यस्तै ४ जिबी रोम र १२८ जिबी र्‍याम भएको एफाइभ असोज ७ देखि नेपाली बजारमा उपलब्ध हुने र यसको मूल्य २७ हजार रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते