२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइलको ब्याट्रीले निर्धारण गर्छ मानिसको मुड, फूल चार्ज भए खुसि

२०७६, १० आश्विन शुक्रबार ०८:१४

असोज १०,एजेन्सी | अहिलेको सुचना प्रविधिले भरिपूर्ण समाजमा मानिसको दिमागले फोनको ब्याट्रि अनुसार काम गर्ने कुराका एक अन्तर्राष्टिय अध्ययनले बताएको छ | उक्त अनुसन्धानका अनुसार जसको फोनको ब्याट्री सधैं चार्ज हुन्छ उनीहरु आफ्नो ऊर्जाको प्रयोग लामो समयसम्म गर्छन् । 

यस्ता व्यक्तिहरु निकै व्यवस्थित हुन्छन् । यस्तै, जो मानिसहरु आफ्नो फोनको ब्याट्रिमा ध्यान दिँदैनन् वा जसको फोनको ब्याट्रि सधैं कम हुन्छ, उनीहरु जीवनमा अव्यवस्थित हुन्छन् । सोहि अध्ययनका अनुसार जसको फोन फूल चार्ज हुन्छ, उनीहरु सकारात्मक महसुस गर्छन् र फूल ब्याट्रि भएपछि जहाँ पनि जान सकिने सोच राख्छन् । यस्तै, आधा वा त्योभन्दा कम ब्याट्री छ भने यसले नकारात्मकता बढाउँछ ।

अनुसन्धानमा संलग्न भएका लण्डनबासीलाई दिन ढल्दै गर्दा आफ्नो फोनको ब्याट्री आइकन हेर्दा कस्तो लाग्छ भनेर सोधियो । जवाफमा उनले भने, ‘फूल ब्याट्री देख्नु सुखद हो र ५० प्रतिशत देख्नु चिन्ताजनक । यस्तै, ब्याट्रि ३० प्रतिशतसम्म पुग्यो भने त चिन्ता थप बढ्दै जान्छ ।’

फोनको ब्याट्रिले विभिन्न कुरामा प्रभाव पार्छ । यसमा फोन म्याप, डिजिटल वालेट, डायरी, मनोरञ्जन पनि प्रभावित हुन्छ । डा. रबिन्सन भन्छन्, ‘अनुसन्धानमा हामीले पायौं कि जो व्यक्तिको फोनको ब्याट्रि सधैं फूल रहन्छ उनीहरु योजनाकार र कन्ट्रोलिङ हुन्छन् । ’

यसको विपरित, जो ब्याट्रि चार्ज गर्दैनन् उनीहरु अव्यवस्थित र कुनै पनि काम सही तरिकाले गर्नमा पछि नै पर्छन् । अनुसन्धानमा भनिएको छ जसको फोनको ब्याट्रि कम हुन्छ उनीहरु अरुमा निर्भर हन्छन्, उनीहरको सामाजिक दायरा पनि कम हुन्छ । जो मानिसहरु फोनको ब्याट्रिलाई प्रभावकारी ढङ्गले प्रबन्ध मिलाउन सक्दैनन् उनीहरुले आफ्नो जीवनको पनि प्रबन्ध मिलाउन समस्याको सामना गर्नुपर्ने हुन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते