२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसङ्ग ग्यालेक्सी ए १० एस नेपाली बजारमा, यस्ता छन् मूल्य र बिशेषताहरु

२०७६, १० आश्विन शुक्रबार ०९:०४

असोज १०, काठमाडौं | सामसङ्गले ग्यालेक्सी ए१०एस नेपाली बजारमा  ल्याएको छ | यो ग्यालेक्सी ए१०एस सिरिजको सबैभन्दा नयाँ स्मार्टफोन हो | ग्यालेक्सी ए स्मार्टफोनको विशेषताको लागि नवीन आविष्कार गरेको छ । ग्यालेक्सी ए परिवारको सबैभन्दा नयाँ सदस्यका रुपमा ग्यालेक्सी ए१०एस स्मार्टफोन आएको छ | ग्यालेक्सी ए १० एस मा ६.२ इन्चको इन्फिनिटी–वि डिस्प्ले, नयाँ ड्युअल रियर क्यामरा, शक्तिशाली ४००० एमएएचको व्याट्री तथा फिङ्गगर प्रिन्ट स्क्यानर विद्यामान छन् |


नयाँ ग्यालेक्सी ए१०एस मा ६.२ इन्को एचडी इन्फिनिटी–वि डिस्प्ले रहेको छ | प्रयोगकर्ताले आफूलाई मनपरेको विषयवस्तु अझै सहज तरिकाबाट हेर्न सक्नुहुने छ । यसका अतिरिक्त आजका युवापुस्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै ग्यालेक्सी ए१०एसमा ४००० एमएएचको शक्तिशाली ब्याट्री लाग्दछ, जसले सहज स्ट्रिमिङ्ग, गेमिङ्ग तथा लाइभ ब्रोडकास्टिङमा मद्दत गर्दछ । मिलेनियल्सको आवश्यकतालाई सम्बोधन गर्नको लागि ग्यालेक्सी ए१०एसमा ड्युअल रियर क्यामरा सेटअप गरिएकोछ, जसले अन द गो को अवस्थामा पनि आफ्ना बहुमूल्य क्षणहरुलाई क्यामरामा कैद गर्न सकिन्छ । 

ग्यालेक्सी ए१०एसको ड्युअल क्यामरा सेटअपमा एफ १.८ अपर्चरको साथ १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा तथा २ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ । त्यसै कारणले गर्दा प्रयोगकर्ताले कुनै पनि सब्जेक्टमा केन्द्रित रहँदा आकर्षक फोटो लिन सक्नुहुन्छ भने ब्याकग्राउन्डमा भएको अनावश्यक कुराहरुलाई ब्लर बनाउन पनि सहजै सकिन्छ । 

सामसङ्ग ग्यालेक्सी ए१०एस यही असोज महिनाको ६ गतेदेखि नेपाल अधिराज्यभरका रिटेल शप तथा सामसङका आधिकारिक विक्री केन्द्रहरुबाट सहजै खरिद गर्न सकिन्छ । यसको खरिद मूल्य रु. १६ हजार ७ सय ९० तोकिएको छ । यो फोन विभिन्न तीन आकर्षक रंगहरु नीलो, हरियो तथा कालोमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा