२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगुनको स्मार्ट कोइन्स: मोबाइलबाटै यसरी कमाउन सकिन्छ स्मार्ट क्वाईन्स

२०७६, ५ कार्तिक मंगलवार १२:११

कात्तिक ५, काठमाडौँ | कनेक्ट, शेयर र अर्न भन्ने लक्ष्य बोकेको सगुनले आज आफ्ना प्रयोगकर्ताको लागि सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्धेश्यसहित आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड–अ डिजिटल वालेट सार्बजनिक गरेको छ  ।

सगुनले भनेको छ 'मानिसहरु अब सगुनसँग जोडिएर आफ्ना साथीभाइ र परिवारसँग सामाजिकीकरण हुँदा स्मार्ट क्वाइनहरु कमाउन सक्छन् भन्ने कुराको घोषणा गर्न पाउँदा हामी उत्साहित भएका छौं ।' 

सगुनले विगत दुई हप्तादेखि यसको आन्तरिक रुपमा परीक्षण गरिरहेको जनाएको छ। सगुनका अनुसार प्रयोगकर्ताहरुले १० हजार स्मार्ट क्वाइन भन्दा धेरै कमाइसकेका छन् । उनीहरु छिटै ती क्वाइनमार्फत विभिन्न किसिमका सामान तथा सेवाहरु खरिद गर्न तयार छन् । 

प्रयोगकर्ताले Google वा Apple App Store बाट सगुन लाइट डाउनलोड गरेर फोनमार्फत साइन अप गरि आफूलाई मन परेका विषयवस्तुहरु छान्न सक्नेछन् साथै प्रयोगकर्ताले फोनलाई ओटिपी कोडमार्फत भेरीफाइ गरेपछि क्वाइन कमाउन सक्षम हुनेछन् । 


प्रयोगकर्ताले ड्यासबोर्डमा आफ्नो स्मार्ट कार्ड एक्टिभेट गरेपछि सीमित समयको लागि एक्टिभेसन निःशुल्क गरिएको छ । सुरुवातमा आफ्नो स्मार्ट कार्ड एक्टिभेट गरेर १०१ स्मार्ट क्वाइन कमाउन सकिने सगुनले जनाएको छ । प्रयोगकर्ताले एपमा कमेन्ट गरेर, लाइक गरेर, पोस्ट गरेर, स्टोरी शेयर गरेर तथा साथीहरुलाई अन्य सामाजिक संजालबाट आमन्त्रण गरेर थप क्वाइनहरु कमाउन सक्नेछन । 

विगत केही वर्षदेखि सगुनले सोसियल स्मार्ट कार्डको अवधारणालाई प्रयोगात्मक रुपमा अनुसन्धान र भिजुअलाइज गर्न धेरै समय र ऊर्जा खर्च गरेको जनाएको छ । सगुनले ग्राहकको आवश्यकता, सामान खरिद गर्ने आनीबानीको अध्ययन गरिरहेको जनाएको छ । सगुनले भनेको छ 'हामीले हाम्रा आन्तरिक सगुनकर्ताहरुसँग परीक्षण गर्न बेटा संस्करण सार्वजनिक गर्यौं । उनीहरुले यसलाई मन पराएको र पहिलो दिनदेखि नै क्वाइनहरु कमाउन सुरु गरेको पाउँदा हामी खुसी छौं । हामी प्रत्येक दिन २०० प्रतिशतले विस्तारित भइरहेका छौं ।' 

सगुनले निरन्तर रुपमा अन्य फिचरहरु जस्तैः रिडीमिङ, शपिङ, गिफ्टिङलाई परिचित गराउने र नेपाल तथा भारतका व्यापारिक साझेदारहरु थप गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते