२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईको फोन हरायो ? यसरी पत्ता लगाउनुस्

४ फाल्गुन २०७६, आईतवार ०८:५२

फागुन ४, एजेन्सी | अचानक कुनैबेला आफ्नो फोन हरायो भने झसंग भइन्छ | आजकल फोन भन्दा नजिकको साथि अरु कोहि लाग्दैन | हरेक समयमा प्राय मानिसहरुले स्मार्ट फोन बोकेकै हुन्छ्न | यस्तो स्मार्ट फोन हराउँदा सबैभन्दा ठूलो खतरा आफ्नो डाटा अरुले दुरुपयोग गर्छ कि भन्ने डर हुन्छ |

यसरी हराएको फोन थाहा पाउनका लागि केही सेटिङ मिलाएर तपाईं आफ्नो हराएको वा चोरी भएको स्मार्ट फोनको लोकेसन ट्र्याक गर्न सक्नुहुन्छ, र यसका सबै डाटा मेटाउन पनि सक्नुहुन्छ। एन्ड्रोइडमा एक बिल्ट इन ट्र्या्किङ फिचर हुन्छ। यसलाई प्रयोग गरेर तपाईं आफ्नो फोनको लोकेसन पत्ता लगाउन सक्नुहुन्छ |

यसका लागि नययनभि.अयmरबलमचयष्मरमभखष्अझबलबनभच मा जानुहोस् र आफ्नो गुगल एकाउन्ट लगइन गर्नुहोस्। तपाईं जुन गुगल एकाउन्ट लगइन गर्नुहुन्छ, त्यो एकाउन्टसँग जोडिएका सबै एन्ड्रोइड डिभाइसको लोकेसन गुगल म्यापको सहायताले यहीँबाट हेर्न सकिन्छ। यहाँबाट तपाईंले आफ्नो फोनमा घन्टी बजाउन पनि सक्नुहुन्छ। एउटा यस्तो अप्सन छ, जसबाट तपाईं आफ्नो फोनमा भएको सबै डाटा मेटाउन सक्नुहुन्छ। र, मोबाइल लक पनि गर्न सक्नुहुन्छ।

यसको विकल्पमा तपाईं एबीजी, अवास्ट, क्यास्परस्काई, या लुकआउटको एन्टिभाइरस एप पनि प्रयोग गर्न सक्नुहुन्छ। यी एप्समा पनि रिमोट ट्र्याकिङ र डिभाइस लक तथा डाटा इरेजको सुविधा छ। आइफोनका लागि बिल्ट–इन एन्टीथेफ्ट एपको सुविधा छ, जुन सबै एप्पल आइओएस डिभाइसका लागि उपयोगी छ। यो एपको नाम फाइन्ड माई फोन हो। यसले तपाईंको आइक्लाउड एकाउन्टको माध्यमबाट काम गर्छ।

Icloud.com मा गएर तपाईं आफ्नो फोनको लोकेसन पत्ता लगाउन, फोनमा मेसेज पठाउन, फोन लक गर्न र डाटा इरेज गर्न सक्नुहुन्छ।  यसका लागि तपाईंले आफ्नो मोबाइलको लोकेसन सर्भिस इनेबल गरेको हुनुपर्छ | यो फिचर प्रयोग गर्न चाहेमा थर्ड पार्टी एप पनि प्रयोग गर्न सकिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो