२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमले बिलम्ब शुल्क मिनाहा गर्ने

२०७७, ३ असार बुधबार ०४:५९

असार ३, काठमाडौँ | कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि महसुलमा नियमानुसार बिलम्ब शुल्क लागू हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी जिएसएम मोबाइल डाटा सेवा र सिडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुट अन्त्य गरी असार १ गतेदेखि नियमित शुल्क नै लागू गरिएको छ । 

टेलिकमले ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहेको प्रवक्ता जोशीले बताउनुभयो । नेपाल दूरसञ्चार प्राधिकरण र टेलिकमबीच २०७४ वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित चार जिल्ला नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानमा कम्पनीले दुई वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो । 

ती स्थानलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टिनस्थल बनाएकाले प्राधिकरणको अनुरोधमा २०७६ चैत २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सञ्चालन गरिएकोमा जेठ ३० गतेदेखि लागू हुने गरी पुनः दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने निर्णय भएको जनाइएको छ ।  

कम्पनीले एफटिटीएच सेवाको मर्मतसम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेदेखि नै शुरु गरेको छ । एउटै लाइनबाट फोन, डाटा र टिभी सेवासमेत उपलब्ध गराउन सकिने एफटिटीएच सेवाको मर्मतसम्बन्धी गुनासोका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये चार नम्बर थिची बिहान ८ देखि साँझ ६ बजेसम्म सिधै अपरेटरलाई गुनासो टिपाउन सकिने छ । 

बन्दाबन्दीको अवधिमा भ्वाइस र डाटा सेवाप्रति ग्राहकको आकर्षण बढेको छ । भ्वाइस र डाटा उपयोगमा वृद्धि भएको तथा हाल एफटिटीएच सेवामार्फत उपलब्ध हुने डाटा सेवाको मागमा समेत वृद्धि भइरहेको टेलिकमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते