२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसङ एम सिरिजमा आयो ग्यालेक्सी एम ११ स्मार्ट फोन, यस्ता छन् फिचर

२०७७, १५ असार सोमबार ०७:०१

असार १५, काठमाडौँ । स्मार्ट फोन ब्राण्ड सामसङले आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ फोन बजारमा ल्याएको छ। यसमा माइन्फिनिटी ओ डिस्प्ले रहेको विज्ञप्तिमा उल्लेख छ। यो समूहमा पर्ने अन्य स्मार्टफोनहरुमध्ये यो कार्यक्षमता बढी रहेको जनाइएको छ।

'ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपाली ग्राहकहरुको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ। एम ११ प्रस्तुत गरेसँगै हामी फोन प्रतिको विरासतलाई अझै माथि उठाउन सक्षम भएका छौंं,' विज्ञप्तिमा भनिएको छ। 

यसमा ६.४ इन्चको एचडी+ इन्फिनिटी-O डिस्प्लेका साथ ५००० एमएएचको ब्याट्री छ। यसको ब्याट्रीले बारम्बार चार्ज नगरी विना रोकावट दिनभर मोबाइल चलाउने सुविधा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ। 

मोबाइल छिटो चार्ज गर्नको लागि १५ वाटको चार्जर तथा फोनलाई अझै बढी सुरक्षा प्रदान गर्न रियर फिंगर प्रिन्ट स्क्यानर जस्ता सुविधा यसमा रहेको छ। ३/३२ जिबी र्‍याम र स्टोरेज क्षमतामा नेपाली बजारमा उपलब्ध यो स्मार्टफोनको स्टोरेज क्षमता माइक्रो एसडी कार्डको माध्यमबाट ५१२ जिबीसम्म सहजै बढाउन पनि सकिन्छ।  

 यसको ट्रिपल रियर क्यामरा सेटअप अन्तर्गत सफा एवं चुस्त फोटो खिच्नको लागि १३ मेगा पिक्सलको मेन क्यामरा,  ५ मेगा पिक्सलको अल्ट्रा–वाइड क्यामरा छ। यसमा ११५ डिग्रीको फिल्ड भ्यु रहेको छ, यसले मान्छेका आँखाले जस्तो देख्दछ, त्यस्तै फोटो खिच्ने क्षमता राख्दछ। साथै यसमा २ मेगा पिक्सलको डेप्थ क्यामराको साथ लाइभ फोकस फिचर पनि उपलब्ध छ। 

एम११ मा ८ मेगा पिक्सलको फ्रन्ट क्यामरा छ। यो फोन मेटालिक ब्लु, ब्ल्याक तथा भोइलेट कलरहरुमा उपलब्ध छ। यसको मूल्य १८,९९९ रुपैयाँ छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते