२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसङ एम सिरिजमा आयो ग्यालेक्सी एम ११ स्मार्ट फोन, यस्ता छन् फिचर

१५ असार २०७७, सोमबार ०७:०१

असार १५, काठमाडौँ । स्मार्ट फोन ब्राण्ड सामसङले आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ फोन बजारमा ल्याएको छ। यसमा माइन्फिनिटी ओ डिस्प्ले रहेको विज्ञप्तिमा उल्लेख छ। यो समूहमा पर्ने अन्य स्मार्टफोनहरुमध्ये यो कार्यक्षमता बढी रहेको जनाइएको छ।

'ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपाली ग्राहकहरुको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ। एम ११ प्रस्तुत गरेसँगै हामी फोन प्रतिको विरासतलाई अझै माथि उठाउन सक्षम भएका छौंं,' विज्ञप्तिमा भनिएको छ। 

यसमा ६.४ इन्चको एचडी+ इन्फिनिटी-O डिस्प्लेका साथ ५००० एमएएचको ब्याट्री छ। यसको ब्याट्रीले बारम्बार चार्ज नगरी विना रोकावट दिनभर मोबाइल चलाउने सुविधा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ। 

मोबाइल छिटो चार्ज गर्नको लागि १५ वाटको चार्जर तथा फोनलाई अझै बढी सुरक्षा प्रदान गर्न रियर फिंगर प्रिन्ट स्क्यानर जस्ता सुविधा यसमा रहेको छ। ३/३२ जिबी र्‍याम र स्टोरेज क्षमतामा नेपाली बजारमा उपलब्ध यो स्मार्टफोनको स्टोरेज क्षमता माइक्रो एसडी कार्डको माध्यमबाट ५१२ जिबीसम्म सहजै बढाउन पनि सकिन्छ।  

 यसको ट्रिपल रियर क्यामरा सेटअप अन्तर्गत सफा एवं चुस्त फोटो खिच्नको लागि १३ मेगा पिक्सलको मेन क्यामरा,  ५ मेगा पिक्सलको अल्ट्रा–वाइड क्यामरा छ। यसमा ११५ डिग्रीको फिल्ड भ्यु रहेको छ, यसले मान्छेका आँखाले जस्तो देख्दछ, त्यस्तै फोटो खिच्ने क्षमता राख्दछ। साथै यसमा २ मेगा पिक्सलको डेप्थ क्यामराको साथ लाइभ फोकस फिचर पनि उपलब्ध छ। 

एम११ मा ८ मेगा पिक्सलको फ्रन्ट क्यामरा छ। यो फोन मेटालिक ब्लु, ब्ल्याक तथा भोइलेट कलरहरुमा उपलब्ध छ। यसको मूल्य १८,९९९ रुपैयाँ छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा