२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल सेट चोरिए वा हराए सजिलै ट्रयाकिङ, ‘पुरानो किन्ने सचेत बन्नुहोला’

२०७७, ४ श्रावण आईतवार ०८:४१

साउन ४, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन सेट ट्रयाकिङ सेवा सुरु गरेको छ । अबदेखि कसैको भेटाएको फोन खरिद बिक्री गर्नेमाथि प्राधिकरणले काराबाही गर्ने भएको छ । 

प्राधिकरणले फेला पारेको मोबाइल सम्बन्धित व्यक्ति वा प्रहरीमा नबुझाई बिक्री गरेमा कारबाही गर्ने भएको हो । हराएको फोनलाई मोबाइल ट्रयाकिङ प्रविधिबाट सजिलै ट्रयाक गर्न सकिने हुँदा भेटिएको मोबाइल फोन सेट सम्बन्धित व्यक्ति, प्रहरी कार्यालय वा प्राधिकरणमा फिर्ता गर्न नियामकले सूचित गरेको छ । 

मोबाइल फोनमा 'इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी' (आइएमइआइ)/ इलेक्ट्रोनिक सिरियल नम्बर (इएसएन)/ 'मोबाइल इक्विपमेन्ट आइडेन्टिटी' (एमइआइडी) हुन्छन्। प्राधिकरणको सिफारिसमा मात्र अहिले नेपालमा मोबाइल फोन सेटहरु आयात गरिन्छन्। तसर्थ नेपालमा आयात भएका सबै मोबाइल फोन सेटको रेकर्ड प्राधिकरणसँग रहेको हुन्छ । 

त्यसैले प्राधिकरणले कुनै पनि व्यक्तिको हराएको मोबाइल फोनसेट ट्रयाकिङ गर्नको लागि 'मोबाइल ट्रयाकिङ' सेवा सबैको लागि उपलब्ध गराएको छ। मोबाइल फोन हराउने व्यक्तिले यहाँ क्लिक प्राधिकरणमा जानकारी दिन सक्नेछन् ।

यदि कसैले मोबाइल फोनसेट भेट्टाएको छ भने फिर्ता गर्दा नै उत्तम हुन्छ। भेट्टाएको फोन सेट फिर्ता नगर्दा त्यसलाई प्राधिकरणले सजिलै ट्रयाकिङ गर्नेछ । पुरानो मोबाइल सस्तोमा भेट्टाएँ भनेर कसैले किनेमा त्यो चोरीको पनि हुन सक्छ । त्यसैले पुरानो मोबाइल किन्नेहरु पनि सचेत हुनु पर्छ। यदि चोरीको वा हराएको फोन हो भन्ने भएमा उसलाई कारबाही हुने प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते