२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकमाथि जापानमा पनि प्रतिबन्ध !

२०७७, १७ श्रावण शनिबार ०६:०३

साउन १७, काठमाडौँ | लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ ।

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै आलोचना भएसँगै जापानको सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ ।

जापानका आर्थिकमन्त्री आकिरा आमारीको नेतृत्वमा रहेको सत्तारुढ दलका सांसदहरुको एक समूहले मंगलबार भएको एक बैठकमा टिकटकविरुद्धको कदम अगाडि बढाउने निर्णय गरेको छ । आगामी सेप्टेम्बर सम्ममा सो सम्बन्धी प्रस्ताव सरकार समक्ष पेस गर्ने निर्णय सांसदहरुकेा टोलीले गरेको छ ।

गत महिना भारतले प्रतिबन्ध लगाएसँगै टिकटक आलोचनाको सिकार हुँदै आएको छ । अमेरिकाले समेत टिकटकमाथि बन्देज लगाउने तयारी गरिरहेको बताइएको छ । त्यस्तै अष्ट्रेलिया सरकारले समेत टिकटकमाथि कडा कदम चाल्ने सम्भावना रहेको बताइन्छ ।

उता टिकटकले भने प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई उपलब्ध गराउने दाबी खारेज गर्दै आउको छ । अहिले सम्म चीन सरकारले प्रयोगकर्ताका डाटा उपलब्ध गराउन आग्रह नगरेको र आग्रह गरिहाले पनि उपलब्ध नगराइने टिकटकले स्पष्ट पारिसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते