२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलले ल्यायो आकर्षक योजना, सामाजिक संजालको ननस्टप सेवासहित बोनस डेटा

१९ भाद्र २०७७, शुक्रबार ०४:५६

भदौ १९, काठमाडौं । एनसेल आजियाटाले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ। योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिएर बोनस डेटाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीको युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ।

‘प्लस’ थिम अन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु भदौ १८ गते देखि संचालनमा आएका छन्। ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथमा हरेक पलमा जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीको दाबी छ। योजना अन्तर्गत सामाजिक संजाल प्याक सुचारु गरेपछि त्यस प्याकको समय सीमा बाँकी भएसम्म ननस्टप सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

ग्राहकले सात दिनको ननस्टप टिकटक प्याक करसहित १ सय २७ रुपैयाँ ६९ पैसामा एक हप्ताभरी टिकटकको ननस्टप सेवा पाउनेछन्। ती ग्राहकले अन्य प्रयोजनका लागि ४ जीबी डेटा बोनस पाउने कम्पनीले जनाएको छ ।

युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप प्याक समेत रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले आफ्नो आवश्यकता अनुसार करसहित ३१ रुपैयाँ ९२ पैसामा एक दिनको समयसीमा रहेको प्याक चलाउन सक्नेछन्। ती ग्राहकले ४ जीबी बोनस डेटासहितको सात दिन अवधिको  युट्युब वा फेसबुकको कम्बो प्याक मात्र करसहित १ सय ९१ रुपैयाँ ५४ पैसामा सेवा लिन पाइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको ननस्टप युट्युब प्याक करसहित ४ सय ५९ रुपैयाँ ६८ पैसामा खरिद गर्न सक्छन्। बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। सात दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्ने ग्राहकका लागि विशेष थप योजना पनि रहेको कम्पनीले जनाएको छ। ग्राहकले प्याक सेवा लिएपछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र कर सहित २५ रुपैयाँ ५४ पैसामा ३५०० एमबि थप डेटाको लिन सक्ने छन्।

सो डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउन प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार फोरजी ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी अफर लिन सक्नेछन्। ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभु पे मार्फत प्याक लिनसक्ने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा