साउन १२, सल्यान । जिल्ला प्राविधिक कार्यालय सल्यानबाट खर्च भएको मोटरसाइकल मर्मतको ८५ हजार भन्दा बढि रकम कर्मचारीले तिर्ने भएका छन । 

कार्यालयको काममा प्रयोग गरिएको मोटरसाइकलको  मर्मत गर्दा ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, सल्यान । जिल्ला प्राविधिक कार्यालय सल्यानबाट खर्च भएको मोटरसाइकल मर्मतको ८५ हजार भन्दा बढि रकम कर्मचारीले तिर्ने भएका छन । 

कार्यालयको काममा प्रयोग गरिएको मोटरसाइकलको  मर्मत गर्दा ल"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सल्यान - SLN

कार्यालयको विल आफुले तिर्नुपरेको कर्मचारीको गुनासो

१२ श्रावण २०७३, बुधबार १४:५०

साउन १२, सल्यान । जिल्ला प्राविधिक कार्यालय सल्यानबाट खर्च भएको मोटरसाइकल मर्मतको ८५ हजार भन्दा बढि रकम कर्मचारीले तिर्ने भएका छन । 

कार्यालयको काममा प्रयोग गरिएको मोटरसाइकलको  मर्मत गर्दा लागेको रकम आफुहरुले तिर्नुपर्दा कर्मचारीहरुले गुनासो पनि गरेका छन । रकम निकासाको लागि कार्यालय प्रमुखले लेखामा सिफारिस गरेपनि मर्मतको शिर्षकमा रकम नभएकाले आफुले भुक्तानी दिन नसकेको लेखापाल खिम बहादुर डाँगीले बताएका छन ।

भुक्तानीको लागि समयमा विल नआएकाले पनि कार्यालयले दिन नसकेको डाँगीले जनाएका हुन । महिना महिनामा विल आउनुपर्नेमा असारको अन्तिममा विल आएकाले कार्यालयले मिलाउन नसकेको बताएका छन । त्यस्तै उनले कर्मचारीसंग इन्धन बाहेकको मर्मत रकम कर्मचारीले नै व्यहोर्नुपर्ने सहमति पहिला नै भएकाले यसमा विवाद गर्न नहुने बताएका छन ।

लेखापाल डाँगीले समयमा विल आएको भए कार्यालयबाट भुक्तानी दिन मिल्ने अनी समयमा विल नआएमा कर्मचारीले व्यहोर्नुपर्ने विवादास्पद कुरा गरेको सम्बन्धित कर्मचारीहरुले आरोप लगाएका छन । उनिहरुले इन्जिनियर र लेखापालको आपसी विवादका कारण आफुहरुले लाखौ रकम तिर्न परेको गुनासो गरेका छन । 

तर प्रमुख जिल्ला इन्जिनियर जगदिश शर्माले भने आफहरु विचमा कुनै विवाद नभएको भन्दै मर्मतको लागि कर्मचारीबाट भुक्तानीहुने गरि कुरा मिलिसकेको र मर्मतको स्रोत नभएकाले मिलाएर पठाउन निर्देशन गरिसकेको बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव