२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमका मोबाइल तथा ल्याण्डलाइन प्रयोगकर्ताहरुले कुन सेवा कसरी सुचारु गर्ने ?

१३ आश्विन २०७७, मंगलवार ०८:४७

असोज १३, काठमाडौं । तपाईले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहनु भएको छ ? छ भने तपाईलाई टेलिकमले प्रदान गर्दै आएको आवश्यक सेवाहरु बारे जानकारी हुनु आवश्यक छ । टेलिकमले आफ्ना ग्राहकहरुका लागि उपलब्ध गराएका सेवाहरु कसरी शुरु गर्ने र हटाउने बारे आवश्यक जानकारी दिंदै छौं ।

नेपाल टेलिकमका ग्राहकलाई जानकारी

  • मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस ।
  • आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस ।
  • आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । (आफ्नो नाममा दर्ता भएको मोबाईल नम्बर मात्र प्रयोग गर्नुहोला)
  • कल फरवार्ड गर्न **21*98xxxxxxxx (फरवार्ड गर्न चाहेको नम्बर) # डायल गर्नुहोस ।
  •  कल फरवार्ड Cancel गर्न ##002# डायल गर्नुहोस ।
  • Call Waiting सेवा सुचारु गर्न *43# डायल गर्नुहोस ।
  • Call Waiting सेवा Cancel गर्न #43# डायल गर्नुहोस ।
  • मोबाइलमा Friends and Family (FNF) सेवा सुरु गर्न पहिलो पटक FNFSUB*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस र अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस ।
  • प्रिपेड मोबाइलबाट अर्को नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न *422*SECURITY CODE*98XXXXXXXX*Rs..# डायल गर्नुहोस ।
  • आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www.http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ ।
  • आफ्नो मोबाइल नम्बरको Security Code प्राप्त गर्न SCODE लेखेर र PUK Code प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस।
  • पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #331*0000# डायल गर्नुहोस र सुबिधा हटाउन *331*0000# डायल गर्नुहोस ।
  • डाटा प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ-नयाँ Offer थाहा पाउन *1415# डायल गर्नुहोस ।
  • Data Pack खरिद गर्न *1415*1# डायल गर्नुहोस र Voice Pack खरिद गर्न *1415*4# डायल गर्नुहोस ।
  • बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन *1415*5# डायल गर्नुहोस ।
  • मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस अथवा CRBT Code छ भने SUB स्पेस CRBT Code लेखेर 1455 मा SMS गर्नुहोस ।
  • मोबाइलमा CRBT हटाउन UNSUB लेखेर 1455 मा SMS गर्नुहोस अथवा *1455# डायल गर्ने * लेखेर पठाउने, अनि 8 लेखेर पठाउने अनि अन्तमा सुनिश्चित गर्न 1 लेखेर पठाउनुस।
  • नमस्ते CREDIT सेवा सुचारु गर्न – आफै हुन्छ र नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस ।
  • Missed Call Alert (MCA) सेवा सुचारु गर्न *1400# डायल गर्नुहोस या sub mca लेखेर १४०० मा SMS गर्नुहोस
  • Missed Call Alert (MCA) सेवा बन्द गर्न unsub mca लेखेर १४०० मा SMS गर्नुहोस ।
  • ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउन CB*065XXXXXX (पुरा टे.न.)लेखेर 1415 मा SMS गर्नुहोस Due Amount भनेको तिर्नुपर्ने रकम हो Available Credit भनेको फोन गर्न मिल्ने बाँकी रकम हो
  • ADSLको अन्तिम मिति थाहा पाउन VL*NTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।
  • ADSLको ब्यालेन्स थाहा पाउन BL*NTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।
  • नेपाल टेलिकमको Number Inquiry सेवाको लागि १९७ मा फोन गर्नुहोस ।
  •  नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस ।
  • ल्यान्डलाइन टेलिफोन मर्मतको लागि १९८ मा फोन गर्नुहोस ।
  • नेपाल टेलिकमको बिबिध सेवा बारे जानकारी लिन तथा ब्यालेन्स तथा बाँकि डाटा जानकारी लिन NEPAL TELECOM (नेपाल टेलिकमको अफिसियल एप्लिकेसन्) मोबाइलमा डाउनलोड र रजिस्टर गर्नुहोस ।
  • मोबाइलमा टेलिभिजन हेर्न WOW TIMES एप्लिकेसन डाउनलोड गर्नुहोस ।
  • थप जानकारीको लागि' नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा login गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा