२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली

२०७७, २ कार्तिक आईतवार ०४:३७

कात्तिक २, काठमाडौँ | कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ), एक अग्रणी गैर नाफा मुलक संस्था हो जसले जैविक विविधता संरक्षण र आर्थिक विकासलाई प्रवर्धन गरी रहेका छन् । कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडसँग मिलेर डिजिटल कर्णालीका लागि काम गर्दैछ । केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिज्मलाई बढावा दिने क्रियाकलापहरूको लागि काम गरिरहेको छन भने वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालका दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवाहरू विस्तार गर्दैछ । वर्ल्डलिंक कम्युनिकेशन्सको प्रयासले समाजका विपन्न वर्गलाई इन्टरेटसँग जोडिएका र नजोडिएका बीचको ठुलो भिन्नता लाई कम गर्न मद्दत पुर्याउँछ । अहिलेको कोभिड १९ महामारीको बीच यसले पुष्टि गरी सकेको छ कि विद्यालय, व्यापार लगायत अनलाइनको प्रयोग सँगै इन्टरनेटको महत्व झनै बढेर गएको छ ।

केबीसीएफका अध्यक्ष श्री राधेश पन्तले यस साझेदारीको महत्वमाथि जोड दिनुभएको छ । “यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, त्यसैले दीर्घकालीन र दिगो विकासको लागि एउटा बलियो आधारशिला निर्माण गर्नु महत्वपूर्ण छ । यस सम्बन्धमा डजिटल अर्थतन्त्रको लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो  पूर्वाधार हुनु महत्वपूर्ण हुनेछ । हाम्रो उद्देश्य यस क्षेत्रकालाई विकास प्रक्रियामा अगाडि बढ्नका लागी सहयोग गर्नु हो र यो अग्रगामी उद्देश्य प्राप्त गर्न वर्ल्डलिंक कम्युनिकेशन्स एक निर्विकल्प तथा विश्वासिलो साझेदार हो । ”

त्यस्तै, वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक श्री दिलीप अग्रवालले भने, हामी विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, सlमुदायिक समूह र व्यक्तिहरूको लागि इन्टरनेटको पहुँच पुर्‍याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने छौं । " सबैका लागि, जहाँ पनि जतिबेला पनि जोडने" हाम्रो संस्थाको मुल्य र मान्यता  सँग पुर्ण रुपले मेल खाएको हुँदा यो कार्यक्रमलाई पूर्ण रुपमा सघाउने छौ ।

दुबै पक्षले रोजगारी सृजना र स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्याउन  आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने वाचा गरेका छन्  । दुबै केबीसीएफ र वर्ल्डलिंकले स्थानीय उत्पादन र दिगो स्थानीय आपूर्तिको चक्रलाई सहयोग र समर्थन गर्न मद्दत गर्नेछ । यो रणनीतिक साझेदारीले केआरबीका व्यक्ति र समुदायहरूलाई डिजिटल रूपमा समर्थन गर्दै र समृद्धिलाई अगाडि बढाउन प्रेरणा दिदै एकसाथ अवसरहरू प्रदान गर्नेछ ।

कर्णाली बेसिन संरक्षण फाउन्डेशन के हो ?

नेपालमा युएसएआईडीको पानी परियोजनाको सहयोगमा डीएसभी सल्लाहकारहरू (डोल्मा सल्लाहकार प्राइवेट लिमिटेड, सफल पार्टनर्स  र भिरोक एन्ड कम्पनी प्राइवेट लिमिटेडको संयुक्त लगानी कम्पनी) ले केआरबीमा प्रशस्त लगानी गरी इकोसिस्टम विकसित गर्न मद्दतको लागि केबीसीएफको सिर्जना गर्‍यो, जैविक विविधता संरक्षण र न्यायसंगत विकासमा ध्यान केन्द्रित गर्दै। लामो अवधिको लागि केबीसीएफले आर्थिक रूपले फस्टाउने कर्णाली नदी बेसिन निर्माण गर्ने लक्ष्य राखेको छ जसले संरक्षण र विकासलाई सन्तुलनमा राख्दै निजी क्षेत्रको विकासको माध्यमबाट आत्मनिर्भरताको लागि नेपालको यात्रामा सहयोग पुर्‍याउँछ।

वर्ल्डलिंक विगत २५ वर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो । यस कम्पनीले सक्रिय रूपमा नेपालका ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर इन्टरनेट सेवा प्रदान गर्दै आईरहेका छन । वर्ल्डलिंकले इन्टरनेटबाट वञ्चित भएका क्षेत्रमा इन्टरनेटको पहुँच पुर्‍याउदै,  इन्टरनेटको पहुँच भएको र  नभएको बिचको असमानता कम गर्ने लक्ष्य राखेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला