२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली विद्यार्थीले जिते खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई अवार्ड

२०७७, ८ कार्तिक शनिबार ०७:३०

कात्तिक ८, काठमाडौं । विद्यालयस्तरको खगोल विज्ञानसम्बन्धी एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले दुई वटा अवार्ड हात पारेको छ ।

यस वर्ष सञ्चालित ‘ग्लोबल ई–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’मा नेपालका लागि सेन्ट जेभियर्स कलेज माइतिघरका राहुल रञ्जन साह र क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर कोटेश्वरका अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका हुन् ।

नेपालका तर्फबाट सुरेश भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको तर्फबाट मेन्टरका रुपमा संस्थाका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पूर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल र अंकित वेन्जु श्रेष्ठ सामिल थिए ।

असोज ९ गते सुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कार्तिक ७ गते समापन गरिएको थियो । व्यक्तिगत तथा सामुहिक गरी दुई विधामा संचालित प्रतियोगितामा नेपालले व्यक्तितर्फ दुई अवार्ड हात पारेको हो । प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बाढीले भाग लिएका थिए ।

नेपालबाट सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनौट भएका १४ विद्यार्थी प्रतियोगितामा सहभागी गराइएको हो ।


कोभिड–१९ को कारण कोलोम्बियामा हुने भनिएको चौधौं इन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् २०२१ का लागि सारिएसँगै यस वर्ष विद्यार्थीहरुको मनोबल उच्च राख्न तथा यो विषम परिस्थितिमा पनि अन्तर्राष्ट्रियस्थरको गतिविधि कायम गर्ने प्रयास स्वरुप ईन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्सको संचालक समितिले ईस्टोनियाको सरकार तथा विज्ञहरूको अनलाइन प्रतियोगिता गराइने अनुरोध पारित गरेको थियो ।

राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड नेपालमा अध्ययनरत कक्षा ८ देखि १२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका विद्यार्थीहरुका लागि संचालित एक प्रतिभा पहिचान कार्यक्रम हो । सन् २०१४ देखि नेपालमा संचालित यस प्रतियोगितामा सामेल विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई पदक तथा अवार्ड प्राप्त गरेर देशभित्र र बाहिर उच्चस्तरीय विश्वविद्यालय तथा क्याम्पसमा भर्ना भई उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

अब आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन छिटै खोलिने बताइएको छ । आवेदन तथा थप जानकारी www.nepalastronomicalsociety.org/olympiad मा छिट्टै उपलब्ध हुने नेपाल एष्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते