२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिचार्जरले ल्यायो क्रिसमस अफर – १२ रुपैयाँमा आईफोन १२

९ पुष २०७७, बिहीबार ०५:२१

पुस ९, काठमाडौं । मोबाइल एप रिचार्जरले क्रिसमसको अवसरमा १२ रुपैयाँमै आइफोन १२ खरिद गर्न सकिने अफर सार्वजनिक गरेको छ । रिचार्जरले आफ्ना प्रयोगकर्तालाई १२ रुपैयाँको टोकन खरिद गरी क्रिसमस अफरमा सहभागी भई आइफोन १२ जित्ने अवसर दिएको हो ।


जसका लागि गूगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागि हुन सकिनेछ । रिचार्जरले अफरको समयमा १२ रुपैंयामा आईफोन १२ जित्ने व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैंयामा टोकन खरिद गर्नु पर्ने रिचार्जरले जनाएको छ ।यसका साथै रिचार्जरले आईफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८८८ रुपैंयाको मासिक किस्तामा १२८ जिबी स्टोरेज भएको आईफोन १२ उपलब्ध गराउने भएको छ । यसका लागि डाउन पेमेण्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनेछ ।

माछापुछ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहले तत्काल आईफोन खरिद गर्न सक्ने छन् । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रकृयाबाट शुन्य प्रतिशत व्याजदरमा आईफोन खरिद गर्न सक्ने छन् ।

त्यसै गरि रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य