२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली

१६ चैत्र २०७७, सोमबार ०२:५४

चैत १६, धादिङ | बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ ।

ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन हुनुहन्छ । उक्त ट्रष्टले संसारका ७८ देशमा करिब ८०० स्वास्थ्यकर्मी र विज्ञबाट परामर्श दिइरहेको छ । स्वीनफेन च्यारिटीको संरक्षक प्रिन्सेस आन हुनुहुन्छ ।

धादिङको विकट रुबी भ्याली, गङ्गाजुमना, खनियाबास र नेत्रावती डेम्बजोङ गाउँपालिकामा टेलिमेडिसिन सेवा लैजाने सम्बन्धमा शनिबार सरोकारवालाबीच छलफल भएको छ ।

गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) यूकेको पहल र आइसीसी सदस्य रामशरण सिम्खडाको संयोजनमा आयोजित उक्त छलफल कार्यक्रममा ट्रष्टका निर्देशक र सहनिर्देशक, धादिङका सांसद खेम लोहनी, प्रदेशसभा सदस्य जगत्बहादुर सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, पर्वत फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, ट्रष्टका ट्रष्टीहरु क्याथरिन डेभिस र मेजर ह्यू बार्डेल, धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष सिबी तामाङ, महासचिव धन तामाङ, सल्लाहकार मेजर विष्णु घले, अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष एनके अर्याल, वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ, महासचिव प्रमोद भट्ट, डा भरत सिम्खडा, डा इन्दिरा रेग्मीलगायतको सहभागिता थियो ।

छलफलपश्चात रामशरण सिम्खडाको संयोजकत्वमा एनआरएनए यूके अध्यक्ष गुरुङ, लेफ्टिनेन्ट चन्द्र गुरुङ, धादिङ नुवाकोट समाज यूकेका धन तामाङ र अन्तर्राष्ट्रिय धादिङ समाजका वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ सदस्य रहेको एक सञ्चालक समिति । उक्त समितिमा सांसद लोहनी, प्रदेशसभा सदस्य सिम्खडा र प्रा पदम सिम्खडा सल्लाहकार हुनुहुन्छ ।

एक साताभित्रै सञ्चालक समितिको बैठक बसेर कार्ययोजनासहित यथाशक्य सेवा शुरु गर्ने लक्ष्य रहेको संयोजक सिम्खडाले बताउनुभयो । सम्बन्धित क्षेत्रमा विद्युत्, मोबाइल, कम्प्युटर, इन्टरनेटलगायतका आवश्यक आधारभूत पूर्वाधारहरु तयार भएलगत्तै सेवा सञ्चालन गर्ने योजना बनाइएको छ ।

कार्यक्रममा सांसद तथा प्रदेशसभा सदस्यले नेपाल सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको  थियो । धादिङको उत्तरी भेगका अन्य गाउँपालिकामा पनि सेवा लैजान आग्रह गर्दै जनप्रतिनिधिले भौतिक संरचनाको जिम्मा आफूहरुले लिने बताउनुभयो ।

स्वीनफेनको टेलिमेडिसिन सेवा नेपालमा पहिलोपटक पर्वतको चार भञ्ज्याङ क्षेत्रमा आठ वर्षदेखि सञ्चालनमा छ । नेपालका अरु केही ठाउँमा पनि स्वीनफेनको यो सेवा उपलब्ध छ । कार्यक्रममा चारभञ्ज्याङ तमु समाजका सल्लाहकार मेजर कृष्ण गुरुङ, क्याप्टेन देउ गुरुङ, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले आफ्नो परियोजनाबारे अनुभव सुनाउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली