२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नागरिक एप’ ६ लाखले डाउनलोड गरे

२०७८, २ जेष्ठ आईतवार ०७:१२

जेठ २, काठमाडौँ (रासस)।‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ ।

सार्वजनिक गरिएको एप चार महिनाको अवधिमा छ लाख ४० हजार ५०३ जनाले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ३४ दशमलव सात प्रतिशतको मात्र प्रमाणीकरण भएको छ ।  

सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलका अनुसार पाँच लाख ७४ हजार २०३ जनाले एन्ड्रोइड फोनमा एप डाउनलोड गरेका छन् । यस्तै ५२ हजार ८५९ बढीले आइफोन (आइएसओ) र पाँच हजारभन्दा बढीले क्युआर कोर्ड स्क्यान गरेका छन् ।

एप डाउनलोड गर्नेको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि भए पनि प्रमाणीकरण गर्नेको सङ्ख्या न्यून रहेको छ । हालसम्म चार लाख १८ हजार १८८ जनाको अर्थात् ६५ दशमलव तीन प्रतिशत प्रमाणीकरण भएको छैन भने दुई लाख २२ हजार ३१५ जना अर्थात् ३४ दशमलव सात प्रतिशत मात्र प्रमाणीकरण भएको छ ।

उक्त एप डाउनलोड भए पनि प्रमाणीकरण नभएको धेरै गुनासो आउने गरेको केन्द्रका अधिकारी बताउँछन् । केन्द्रमा एप प्रमाणीकरण गरेर भित्र छिरेका प्रयोगकर्तासँगै टेलिफोनबाट धेरै प्रयोगकर्ताको गुनासो आउने गरेको छ ।

हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा नहुँदा प्रमाणीकरण हुन नसकेको, टेलिकमका कर्मचारीको गल्तीले नाम नमिलेको जस्ता गुनासो आउने गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी धेरै प्रयोगकर्ताले नागरिकताको विवरण फरक परेको जस्ता गुनासो गर्ने गरेका छन् ।

गत माघ २ गते बेटा भर्सनका रूपमा सार्वजनिक भएको नागरिक एप गत वैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको हो । नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो ।

पछिल्लो समय  पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बीमा कार्यक्रमसमेत नागरिक एपमा थपिएका छन् । एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नागरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्धसरकारी सेवा समेटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने