२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

‘रुख चढेर फोन गर्नुपर्ने अवस्था हट्यो’

२०७८, ४ जेष्ठ मंगलवार १०:२०

रामचन्द्र न्यौपाने । जेठ ४, डोल्पा (रासस) । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार सेवाको असुविधा भोग्दै आएको गाउँपालिकाले एकैपटक ‘टु जी’ इन्टरनेट सेवासहितका तीनवटा नमस्ते मोवाइल फोन सेवाका टावर सञ्चालनमा ल्याएको हो ।

भौगोलिक विकटताका कारण विगतदेखि नै फोन सेवाको समस्या भोग्दै आएको मुड्केचुलामा करीब ४२ लाख खर्चमा नमस्ते सेवाका मोवाइल तीनवटा टावर एकैपटक सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । “टावर निर्माणका लागि आवाश्यक यन्त्र उपकरण नेपाल टेलिकमले उपलब्ध गराएको हो, निर्माणस्थलसम्म सामान ढुवानी गर्न तथा जडानका लागि लागेको सबै रकम गाउँपालिकाले खर्च गरेको छ”, अध्यक्ष शाहीले भन्नुभयो ।

टावर निर्माणसँगै गाउँपालिकाका नौवटै वडामा सञ्चार सेवामा जोडिनुका साथै जाजरकोट र रुकुम केही क्षेत्रमा पनि फोनले राम्रो काम गर्ने गरेको अध्यक्ष शाहीले बताउनुभयो । गाउँपालिका भित्र पर्ने ओक्ट, प्यारी लेक, पाती हाल्नामा टावर खडा गरिएको छ ।

घरबाटै फोन सेवा

गाउँपालिकाले टावर निर्माण गरेसँगै स्थानीयवासी खुशी भएका छन् । घर आँगनबाटै देश विदेशमा कुरा गर्न पाउँदा निकै खुशी लागेको वडा नं १ बस्ने स्थानीय ओमबहादुर रोकायले बताउनुभयो । “पहिला फोन गर्न अग्लाडाँडा, ढुङ्गा र रुख चढ्नु पथ्र्यो, खबर आदानप्रदान गर्न मान्छे नै कुदाउनु पर्ने अवस्था थियो, अहिले घरमै बसेर टाढाटाढा रहेका आफन्तहरुसँग ढुक्कले कुराकानी गर्न पाइएको छ”, रोकायले भन्नुभयो ।

यसअघि भरपर्दो फोन सेवा नहुँदा पुरानै युगमा बाँचे जस्तो हुने गरेतापनि अहिले गाउँघरका सबै सर्वसाधारणले सुविधा पाएको रोकायको भनाइ छ । कर्णाली प्रदेश सांसद वीरबहादुर शाहीको विशेष पहलमा तीन वर्षअघि जगदुल्ला, मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा छ वटा मोवाइल टावर स्वीकृत भएका थिए ।

आजभन्दा तीन वर्षअघि काठमाण्डौ पुगेको स्थानीय जनप्रतिनिधिसहितको टोलीले एउटा स्थानीय तहमा दुईवटा टावर बनाउने गरी छ वटा टावर सुचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट स्वीकृत गराएको सांसद शाहीले बताउनुभयो । “त्यसमध्ये मुड्केचुलाले बनाइसकेको छ, जगदुल्लामा गाउँपालिकामा सक्रियतामा टावर निर्माणको ७० प्रतिशत धेरैकाम भइसकेको छ, त्रिपुरासुन्दरीमा स्थानीय तहले चासो नदिँदा दुईवटै टावर नेपालगञ्जमा अलपत्र परेको छ”, सांसद शाहीले भन्नुभयो । 

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ्ग, शे–फोक्सुण्डोलगायतका क्षेत्रमा टावर स्वीकृत गराउनका पनि आफूले सहयोग गरेको बताउनुभयो । टेलिफोन जस्तो आधारभूत सेवा प्राप्त गरेपछि स्थानीयवासी सूचना र सञ्चार प्रविधिमा जोडिन पाएको भन्दै खुशी भएका छन् । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर