२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

२ असार २०७८, बुधबार ०५:२८

असार २, काठमाडौँ (रासस)। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयानुकूल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएको छ ।  नवनियुक्त मन्त्री नैनकला थापाले नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत मन्त्रालय अन्तर्गतका निकायको अनुगमन गरी सकेपछि मन्त्रालयले  सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

मन्त्रालयले विज्ञप्ती जारी गरी प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन र लक्षित उद्देश्य प्राप्तिका लागि मन्त्रालय सदैव क्रियाशिल हुने जनाउँदै निकाय प्रमुखहरूले आ–आफ्नो संस्थागत जिम्मेवारी मनन गरी कार्यसम्पादन गर्न आह्वान समेत गरेको छ । मन्त्री थापाले मन्त्रालयमा पदबहालीपछि यही जेठ ३० गतेदेखि मन्त्रालय सम्बद्ध निकायको स्थलगत भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा मन्त्री थापाले मन्त्रालयको कार्यक्षेत्र संवेदनशिल भएकोले देश र जनताको हितलाई केन्द्रमा राखी समयबद्ध कार्ययोजनासहित कार्य सम्पादन गर्न निकाय प्रमुखहरूलाई निर्देशन दिनुभएको थिायो । मन्त्री थापाले नेपाल पत्रकार महासङ्घको पनि अनुगमन भ्रमण गर्नुभएको थियो ।

भ्रमणका क्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सञ्चार तथा सूचना प्रविधिको क्षेत्र व्यापक भएकोले निरन्तर परिवर्तनशील भूमिका निभाउन एक परिवारको रुपमा मन्त्रालयले आवश्यकताअनुसार निरन्तर समन्वयकारी भूमिका खेल्ने विषयमा आश्वास्त पार्नुभएको थियो । भ्रमणका क्रममा मन्त्रालयअन्तर्गतका निकायले निकायगत काम कारवाही, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था, संस्थाको वर्तमान अवस्था, भावि कार्ययोजना एवं आगामी आबको बजेट कार्यक्रम प्रस्तुत गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य