२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ, अब विधुतीय भिसा लागू गर्न सकिने

२०७८, १६ असार बुधबार ०६:३६

असार १६, काठमाडौँ । अब नेपालको भिसा अन्तराष्ट्रिय मापदण्ड अनुसारको विश्वसनीय र भरपर्दो तथा विधुतीय भिसा लागू गर्न सकिने भएको छ। अध्यागमन विभागमा आयोजित एक  कार्यक्रममा  गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गरेका हुन्। 

अध्यागमन विभागले विदेशी नागरीकलाई जारी गर्ने ४५ बर्ष देखि प्रचलनमा रहेको हस्त लिखित भिसालाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणालीमा प्रवेश गरेको जनाएको छ। पहिलो भिसा पोर्चुगिज नागरिक तेन्जिङ्ग नोर्बु लामालाई प्रदान गरिएको छ।

क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीमा कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न  गरी भिसा स्टिकर छपाई गर्ने हुँदा साविकमा जस्तो हातले लेख्दा हुने त्रुटी तथा केरमेट नहुने प्रणालीबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने हुँदा सेवा प्रबाह छिटो छरितो हुने विभागले जनाएको छ । कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यु आर कोड मा भएको विवरणका आधारमा पत्ता लगाउन सकिने हुन्छ । विदेशी मूलुकका अध्यागमन विन्दुहरुमा पासपोर्ट हेर्ने क्रममा नेपालको भिसा अन्य देशहरुसंग मिल्दो जुल्दो हुने भएको कारण राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिईएको छ।

हाल विभागबाट शुरू भएको यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देश भरी रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने कार्ययोजना रहेको छ । यो प्रणालीले नेपाली अध्यागमनलाई नयाँ युगमा प्रवेश गराएको छ । सरकारी सेवालाई विद्युतिय माध्यमबाट प्रवाह गरी प्रभावकारीता ल्याउने र सुशासन स्थापना गर्न यस कार्यले टेवा दिने 

गृहमन्त्री विष्णुप्रसाद पौडेलले बताए । भिसामा गरिएको प्रविधियुक्त सुधारले  नेपाली भिसालाई अन्तराष्ट्रिय स्तरमै विश्वसनीय, सुरक्षित र गुणस्तरीय बनाउन बल पुग्ने र नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमा समेत सकारात्मक योगदान दिने उनको भनाई छ ।

नेपाललाई विदेशिले चिन्ने पहिलो आखाँ अध्यागमन, अन्तर्राष्ट्रिय एअरपोर्ट र अध्यागमन प्रशासन भएकोले यसको सुधारले सेवा प्रवाहमा सकारात्मक परिवर्तन आई सेवाग्राहीले सुधारको महशुस गर्ने विश्वास गरिएको छ । नेपालको अध्यागमन सेवालाई आधुनिक,विश्वसनिय, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य बमोजिम यस भन्दा पुर्व नेपाली पोर्टको समुद्घघाटन प्रधानमन्त्री के. पी. शर्मा ओलीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने