२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि मोबाइल खरिदमा ‘आईएमईआई’ दर्ता अनिवार्य

२०७८, १ श्रावण शुक्रबार ०२:२४

साउन १, काठमाडौं । आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ ।  राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

यो नियम पहिलेदेखि रहिआएको तर हाल आएर कडाइ गरिएको उनको भनाइ छ । पौडेलका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा दर्ता गरेपछि मात्रै सञ्चालनमा आउनेछ ।

हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि आजदेखि सञ्चालनमा आएका मोबाइलमा भने यो नियम कडाइका साथ लागू हुनेछ ।

नेपालमा खरिद गरिएका मोबाइल नेपाल भित्र्याउने कम्पनीले दर्ता गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँग हुने र बाहिरबाट ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रण गर्न मोबाइल दर्ता अनिवार्य गरेको प्राधिकरणले जनाएको छ । 

साउन १ गतेभन्दा पहिले सञ्चालनमा आएका मोबाइलमा कुनै समस्या नदेखिने भए पनि आजदेखि भने आईएमईआई दर्ताबिना नेपालको नेटवर्कमा मोबाइल सञ्चालन नहुने दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालको भनाइ छ ।

नेपालमा राजस्व तिरेर खरिद भएका मोबाइलको रेकर्डिङ प्राधिकरणसँग हुने हुँदा राजस्व छली भएर भित्रिएका मोबाइलको सेवा सञ्चालन बन्द गर्न यो नियम कडाइका साथ लागू गर्न लागिएको उनको तर्क छ । यो समाचार समाचार पत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने