२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्प प्रभावित जिल्लामा इन्टरनेटः २५७ स्थानीय तहसँग सम्झौता

२०७८, १६ भाद्र बुधबार ०९:१४

भदौ १६, काठमाडौँ (रासस)। भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएकामा कूल ६ सय ५६ मध्ये दुई सय ५७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको  प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । 

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) का सबै स्थानीय तहको कार्यालय, वडा कार्यालय, सामुदायिक मावि, सामुदायिक स्वास्थ्य संस्थाहरुमा क्षमता अभिवृद्धि र जडान गर्न सो योजना ल्याइएको हो । जसमा सम्पूर्ण आधारभूत विद्यालयसमेत गरी करिब चार हजार दुई सय ५१ स्थानमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी दुई वर्षसम्मका लागि महसुलबापतको रकम उपलब्ध गराउने योजना अघि सारेको थियो । 

आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न हालसम्म कूल ७५ मध्ये ७० वटासँग सम्झौता भइसकेको प्रवक्ता पौडेलको भनाइ छ । प्राधिकरणले इन्टरनेटबारे सम्झौता गर्न बाँकी गाउँपालिका÷नगरपालिकालाई सम्झौताका लागि आग्रहसमेत गरेको छ । प्राधिकरणले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरी हालसम्म एक हजार ६ (४६.१६ प्रतिशत) किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न गरेको प्राधिकरणले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने