२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाई मोबाइल रातभर चार्जमा राख्नुहुन्छ ?

२० भाद्र २०७८, आईतवार ११:०२

भदौ २०, काठमाडौं । पछिल्लो समय आधुनिक प्रविधिको विकाश बढेसँगै मोबाइल फोन प्रयोग नगर्ने मानिस सायद कमै होलान् । बच्चादेखि वृद्धसम्म सबैको हात हातमा माेबाइल पाउन सकिन्छ । आजभालि मोबाइल बिनाको समय त मानिसले कल्पना पनि गर्न सक्दैनन् । तर, के हामीलाई थाहा छ मोबाइल फोन रातभर चार्जमा राख्दा यसको असर के हुन्छ ?  ब्याट्रीमा के असर पर्छ ? धेरै मानिसहरु लाई लाग्छ कि रातभर मोबाइल चार्ज गर्दा मोबाइल को ब्याट्री बिग्रन्छ, वा यसले ब्याट्री मा नराम्रो असर पार्छ, तर यो सत्य होइन ।

हामीले जुन मोबाइल बोकीरहेका छौं । त्यस मोबाइलमा एउटा ब्याट्री प्रोडक्न चिप राखिएको हुन्छ । जस्ले हाम्रो मोबाइलको ब्याट्री फुल भएपछि स्वत आफै चार्ज लिन छाडी दिन्छ । जस्का कारण रातभर मोबाइल चार्जमा राख्दा पनि कुनै प्रभाव पर्दैन ।

तर प्रभाव पर्दैन भन्दैमा रातभर मोबाइल चार्ज गरेर भने राख्नु हुँदैन । तपाइँ राती उठ्नु हुँदा तपाइँको मोबाइल चार्जरबाट हटाउन सक्नु हुनेछ । यदि रातभर मोबाइल चार्जमा छाड्दै हुनुहुन्छ भने चार्जमा राख्नुअघि स्वीच अफ गर्नुहोस् ता कि ब्याट्रीमा अनावश्यक भार नपरोस् । तर मोबाइल रातभर चार्जमा राख्दा ओभर फुल भएर पड्किन्छ अथवा ब्याट्री बिग्रिन्छ भन्ने सोचाइ छ भने त्यो एउटा मित्थ्या नै हो । हिजोआजका फोनमा प्रयोग हुने ब्याट्री भनेको लिथियम आयम ब्याट्रीका कारणमात्रै होइन, यसमा प्रयोग हुने प्रोसेसर पनि पहिलेको तुलनामा धेरै नै पावरफुल भएका छन् ।

मोबाइलमा प्रयोग हुने आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिले एक पटक मोबाइल चार्ज फुल भएसँगै आफै चार्जलाई डिस्कनेक्ट गर्छ । यसको अर्थ रातभर मोबाइल चार्जमा राख्दा कुनै असर भने पर्दैन ।

याद गर्नुहोस् कहिले पनि मोबाइल  तकिया, ओछ्यान मा राखेर चार्ज गुर्नहुँदैन ।किनभने त्यस ठाउँमा हावा आउने सम्भावना कम हुन्छ । -नेपाल न्युज 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य