२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइफोन १३ को व्यापारमा गम्भीर धक्का, एक करोड फोन कटौती, यस्तो छ कारण

२०७८, २९ आश्विन शुक्रबार ०२:१७

असोज २९, काठमाडौं । मोबाइल फोनमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् चिपको विश्वव्यापी अभावले आइफोन १३ को व्यापारमा गम्भीर धक्का लागेको छ । चिप अभावकै कारण आइफोन १३ को बिक्रीमा १ करोड गोटाले कटौति हुने भएको छ ।

सन् २०२१ को अन्त्यसम्ममा विश्व बजारमा ९ करोड गोटा आइफोन १३ सिरिज बिक्री गर्ने लक्ष्य एप्पलको थियो । तर आइफोनका लागि चिप उत्पादन तथा आपूर्ति गर्ने ब्रोडकम र टेक्सास इन्स्ट्रुमेन्ट लगायतका कम्पनीहरुले अपेक्षित रुपमा नयाँ आइफोनको चिप उपलब्ध गराउन नसकेपछि एप्पलले आइफोन १३ को बिक्रीको लक्ष्यमा संशोधन गर्न बाध्य भएको हो ।

उता आइफोन १३ को बिक्री १ करोड गोटाले घट्ने प्रक्षेपण सार्वजनिक भएसँगै एप्पलको शेयर मूल्यमा १.६ प्रतिशतले गिरावट भएर झण्डै १४० डलरमा झरेको थियो । एप्पल मात्र नभएर चिप उत्पादक कम्पनी ब्रोडकम र टेक्सास इन्स्ट्रुमेन्टको शेयर मूल्यमा पनि गिरावट आयो ।


सेमिकन्डक्टर अभावका कारण एप्पल मात्र नभएर अन्य धेरै उद्योगहरु प्रभावित हुँदै आएका छन् । त्यसरी असर भोग्नेमा कार निर्माता कम्पनीहरुदेखि इलेक्ट्रोनिक्स कम्पनीहरु समेत छन् । जसका कारण उनीहरुले आफ्नो उत्पादनमा कटौति गर्न बाध्य भएका छन् ।

विश्लेषकहरुका अनुसार विश्वव्यापी रुपमा सेमिकन्डक्टरको बढ्दै जानु तर पर्याप्त आपूर्ति हुन नसक्दा भविष्यमा समेत विश्वका उद्योगहरुमा असर परिरहने देखिएको छ । कतिपयले चिप अभावलाई एप्पलले उत्कृष्ट ढंगले व्यवस्थापन गरिरहेको दाबी गरिरहँदा पछिल्लो रिपोर्टले चाहीँ एप्पलको अवस्था समेत अरुभन्दा फरक नरहेको देखाएको हो ।

ब्रोडकम तथा टिआइ लगायतका कम्पनीहरुले चिप निर्माणका लागि प्रायः ताइवान सेमिकन्डक्टर उत्पादक कम्पनीसँग करार सम्झौता गर्ने गरेका छन् । तर कोरोना भाइरस महामारी लम्बिँदै जानु र माग अत्यधिक हुँदा ताइवानी कम्पनीले समेत पर्याप्त चिप उत्पादन गर्न सकिरहेको छैन ।

एप्पलको टाउको दुखाइको अर्को प्रमुख कारणको रुपमा चीनको ऊर्जा संकट समेत रहेको छ । उर्जा संकटकै कारण एप्पलले आफ्ना चीनस्थित विभिन्न कारखानाबाट हुने आइफोन उत्पादनमा कटौति गर्नुपरेको छ । एप्पलले गत महिना सार्वजनिक गरेको आइफोन १३ को अर्डर लिइरहेको भएपनि उपभोक्ताको हातमा भने एक महिनापछि मात्र पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने