२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकले नाम परिवर्तन गरेपछि ट्विटरमा मजाक !

१४ कार्तिक २०७८, आईतवार ०४:१२

कात्तिक १४, न्युयोर्क | एजेन्सी | फेसबुकले कम्पनीको नाम परिवर्तन गरेपछि सामाजिक सञ्जालका प्रयोगकर्ताले व्यंग्य गर्न थालेका छन् । कम्पनीले नाम परिवर्तन गरेर मेटा राखेपछि ट्विटर प्रयोगकर्ताले मजाक गरेका छन् । 

एक प्रयोगकर्ताले नयाँ नाम लागूऔषध जस्तो लागेको प्रतिकृया दिएका छन् । ‘तपाई मेटामा हुनुहुन्छ भनेर कसैलाई कसरी भन्न सक्नुहुन्छ ? मेटाको आवाज नै लागूऔषध जस्तो छ,’ केयर अवेर अकाउन्टमा फ्रान्सिन जिविट लेख्छन् । 

नयाँ नाम जोकजस्तै सुनिएको केही प्रयोगकर्ताको प्रतिकृया छ । कम्पनीले फेसबुकको नाम रिब्रान्ड गरेको देख्दा आफूलाई दिक्क लागेको उनीहरुको भनाई छ । ‘फेसबुकले किन मेटा नाम राख्यो ? सायद कुनै जोश नभएर होला ?’ मेक्सगफ नामका ट्विटर प्रयोगकर्ता टिप्पणी गर्छन् । 

फेसबुकले नाम परिवर्तनबारे ट्विटरमा गरिएको बहस आफैमा मेटा भएको केहीले व्यंग्य गरेका छन् । जोन रस लेख्छन्, ‘फेसबुकमा पोस्ट गरिएका हरेक बिषय आफैमा मेटा हुन् । ’

इजरायल र प्यालेस्टायनमा हेब्रु समुदायले मेटाको अर्थ मृत भन्ने बुझिन्छ । फेसबुकले नाम परिवर्तन गरेपछि एउटा चिहानको तस्विर सामाजिक सञ्जालमा सेयर गरिएको थियो । 

नाम परिवर्तनप्रति धेरैले असन्तुष्टि देखाएका छन् । एक प्रयोगकर्ताले एनबीए खेलाडी मेटा वल्र्ड पिसको तस्बिर पोस्ट गर्दै अगाडि लेखेका छन्, ‘हामीलाई थाहा भएको मेटा यही हो ।’

म्याट ओस्वाल्ट अगाडि लेख्छन्, ‘मेटा भनेको मैले विद्यालय पढ्दा मलाई असाध्यै मन पर्ने केटीको नाम हो । धेरै समयपछि उनले खोपबिरोधी लिंक पोस्ट गरेको देखे ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य