२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब विमानभित्रै मोबाइल र इन्टरनेट सेवा

१८ कार्तिक २०७८, बिहीबार ०१:३७

कात्तिक १८, काठमाडौँ | नेपाल  दूरसञ्चार  प्राधिकरणले  दुईवटा विदेशी  एरोस्पेस  कम्पनीलाई  विमानभित्रै  मोबाइल  र  इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई  उडानको  इतिहासमा  पहिलो  पटक  नेपालको  आकाशमा विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन 'थाल्स र सीता’ भन्ने एरोस्पेस कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए । 

उनले भने, “सहमति पाएका यी दुई कम्पनीले एरोस्पेससम्बन्धी विभिन्न सेवा उपलब्ध गराउँदै आएका छन्  ।  अब  नेपालको  आकाशमा  उडान  गर्ने  विभिन्न  विमान सेवा प्रदायकहरूले ती कम्पनीका यो सेवा खरिद गरी आफ्ना यात्रुलाई सेवा पुर्याउन सक्छन् ।” 

यसअघि  यात्रुले  हवाई  उडान  भर्दा  विमानभित्र  मोबाइललगायतका  उपकरण  फ्लाइट  मोडमा  राखेर  यात्रा  गर्नुपर्ने  बाध्यता  रहेको  थियो  ।  अब  यस  प्रकारको  सेवा  लिएका  विमान  कम्पनीले  आफ्ना  यात्रुलाई विमानभित्रै मोबाइल वाइफाई सेवा उपलब्ध गराउन सक्ने रहँदै आएकोमा अब यी दुई कम्पनीको सेवा  एयरलाइन्सले  खरिद  गर्न  सक्ने  प्राधिकरणले  जनाएको छ ।

नेपाल  दूरसञ्चार  प्राधिकरणले  विमानमा  यात्रा  गर्नेका लागि विमानभित्रै मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा उपलब्ध गराउन आवेदन माग गरेकोमा ती दुई कम्पनी छनोट भई उनीहरूलाई सहमति प्रदान गरिएको हो । प्राधिकरणद्वारा निर्धारित मापदण्डअनुसार ती कम्पनी छनोटमा परेको उनले स्पष्ट पारे । 

- यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य