२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेटाले अनुहार पहिचान गर्ने प्रविधिलाई निरन्तरता दिने

२० कार्तिक २०७८, शनिबार ०२:४०

कात्तिक २०, काठमाडौं | फेसबुकले यही साता आफ्नो प्लेटफर्ममा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग नगर्ने जनाएको छ। तर, फेसबुकको मूल कम्पनी मेटाले भने यो प्रविधि यसको मेटाभर्स उत्पादनमा लागू नहुने उल्लेख गरेको छ।

गत सोमबार फेसबुकले आफ्नो अनुहार चिन्ने उपकरण बन्द गर्ने र एक अर्बभन्दा बढी मानिसको अनुहारको टेम्प्लेट मेटाउने जनाएपछि गोपनियता अधिकारका वकालतकर्ता तथा अनुहार पहिचान गर्ने नीतिका आलोचकहरुले खुसी व्यक्त गरेका थिए । विवादस्पद डिपफेस एल्गोरिथ्म समावेश गर्ने प्रविधि ट्यागिङ गर्ने उद्देश्यका लागि अपलोड गरिएका तस्बिरमा व्यक्ति पहिचान गर्न प्रयोग गरिएको थियो।

फेसबुकले अनुहार चिन्ने सफ्टवेयर आइन्दा प्रतिबद्धता व्यवहारमा लागू गरिसकेको छ । त्यसैगरी, मेटाभर्स उत्पादनमा यो सफ्टवेयर चालू राखे पनि विस्तार चाहिँ नगर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ । 

‘यस प्रविधिमा भविष्यमा सकारात्मक रुपमा प्रयोग गरिने केसहरुलाई गोपनियता, नियन्त्रण र पारदर्शिता कायम राख्दै सबल पार्ने क्षमता छ भन्ने हामीलाई विश्वास लाग्छ। हामीले कसरी कम्प्युटिङ प्लेटफर्म र उपकरणले मानिसका आवश्यकता पूरा गर्न सक्छौं भन्नेमा पनि अन्वेषण जारी राख्नेछौं,’ मेटाका प्रवक्ता जेसन ग्रोसले भने।

रिपोर्टका अनुसार मेटाले विभिन्न खालका बायोमेट्रिक उपकरण प्रयोगलाई निरन्तरता दिन्छ किनभने यो आक्रामक रुपमा मेटाभर्समा रुपान्तरित हुन्छ। आर्टिफिसियल इन्टिलिजेन्स प्रविधियुक्त डिपफेसको अनुहार पहिचान प्रणाली प्रयोगकर्ताको तस्बिरका साथै सिर्जना गरेको फेसियल टेम्प्लेटसँग मेल खान्छ।  

मेटाको मेटाभर्स एक बहुप्रयोगकर्ता भिआर स्पेस हो, पोर्टल हार्डवेयरमार्फत् जसको पहुँचमा पुग्न सकिन्छ। वास्तविक समयअनुसार ट्रयाकिङका साथ यो प्लेटफर्मले तथ्यांक संकलनमा नयाँ सहजता प्रदान गर्छ, जुन फेसबुकद्वारा धकेलिएको सीमाभन्दा धेरै टाढा जान्छ। 

वास्तवमा, डिपफेससँग बनाएको योजनाबारे मेटाले खुलासा गरेको छैन। तर, कम्पनीले प्रयोगकर्तालाई आगामी परिवर्तनबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

‘आगामी दिनमा यस्ता खालका प्रविधिको सम्भावित उपयोेगका लागि नागरिकले यसको प्रयोगबारे कस्तो चाहना राखछन्, यो प्रणाली र यसभित्र रहेको डाटालाई मानिसहरुले कसरी नियन्त्रण गर्न सक्छन् भन्नेबारे हामी उनीहरुलाई सुसूचित गरिहन्छौं। हामी कसरी नवप्रवर्तनको ढाँचालाई अगाडि बढाउँछौं भन्नेबारे पनि जानकारी दिन्छौं,’ ग्रोसले भने।

ग्रोसले यसो भनिरहँदा फेसबुकमा रहेको अनुहार पहिचान गर्ने पद्धतिसँग यो मेल खाँदैन। फेसबुकमा अनुहार चिन्ने प्रणाली सुरु भएको नौ वर्षपछि यसबारे विभिन्न टीकाटिप्पणी सुरु भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य