भदौ ४, पर्वत । विश्वका धेरै देशलाई समृद्ध बनाउन जुटेका नेपाली बैज्ञानीकलाई देश समृद्ध बनाउने अभियानमा जुटाउनको लागि राष्ट्रिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, पर्वत । विश्वका धेरै देशलाई समृद्ध बनाउन जुटेका नेपाली बैज्ञानीकलाई देश समृद्ध बनाउने अभियानमा जुटाउनको लागि राष्ट्रिय"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

नेपाली बैज्ञानिक एक गर्न केन्द्रको आवश्यकता: महाविर

४ भाद्र २०७३, शनिबार ०८:५९

भदौ ४, पर्वत । विश्वका धेरै देशलाई समृद्ध बनाउन जुटेका नेपाली बैज्ञानीकलाई देश समृद्ध बनाउने अभियानमा जुटाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकता रहेको महाविर पुनले एक कार्यक्रममा बताएका छन् । 

धेरै देशको विकास र समृद्धिको लागि लागि परेका नेपाली बैज्ञानीकलाई आफ्नै देशको विकासको लागि जुटाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकता रहेको उनको तर्क छ । 

शनिबार म्याग्दीमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । पुनले नेपाललाई समृद्ध र रोजगार सहित आत्मनिर्भर नेपाली बनाउन तथा विज्ञानप्रविधिसँग नजिक गराउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाको लागि जुटेको बताए ।

उनले नेपालका बैज्ञानिकहरु विश्वका धेरै देशलाई समृद्ध बनाउने अभियानमा लागेको स्मरण गदैं नेपालमै फर्किएर काम गर्ने वातावरण बनाउन आफुँले आविष्कार केन्द्रको स्थापनामा जुटेको दाबी गरेका छन् । 

‘जनताको सहयोगबाट केन्द्र स्थापनामा जुटेको छु । सरकारले ४ बर्ष आश्वासन मात्रै दियो, सहयोग गरेन्’ उनले भने । केन्द्र स्थापनाको पहिलो चरणमा ५० करोड संकलन गरेर १० मेगावाट विद्युत उत्पादन गर्ने र त्यसबाट भएको आम्दानीलाई केन्द्रको स्रोत ब्यवस्थापनमा लगाउने बताए । ‘ एकबर्षमै देश कायापलट हुदैन । 

यो अभियानले ३० बर्षमा देशको मुहार फेर्छ’ उनले भने । पुनले केन्द्रको स्थापना, विगत, वर्तमान सहित भविस्यमा गर्ने योजनाका बारेमा समेत सुनाएका थिए । कार्यक्रममा सहभागिले आर्थिक सहयोग समेत गरेका थिए । 

म्याग्दीको राम्चे गाविसमा जन्मिएका पुनले उत्तरी क्षेत्रमा बेतारे इन्टरनेट सहित स्वास्थ्यको क्षेत्रमा खेलेको भूमिकाका आधारमा सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका थिए । 

पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रको स्थापनामा प्रयोग गर्ने घोषणा समेत गरेका थिए । 

बेनीमा भएको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानलाई म्याग्दी जिल्लाबासीले आफ्नो पहिचान भएकाले जस्तो सुकै सहयोग गर्ने तयार रहेको बताएका छन् । 

प्रजिअ केशवराज आचार्यले खोज र  अनुसन्धान चुनौतीपुर्ण र धेरै लगानी लाग्ने भएता पनि युगअनुसारको परिर्वतनकारी रहेको तर यसमा राज्यबाट सहयोग नहुनु आफैमा दुखत भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…