२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्ल्डलिंकको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस, पहिलो पटक ६ सय एमबीपीएस गतिको ईन्टरनेट

२०७८, २९ मंसिर बुधबार १६:४१

मङ्सिर २९, काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको ईन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको ईन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने छ ।

योसँगै यो सँगै वर्ल्डलिंकको ईन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको ईन्टरनेटको अनुभव गर्न पाउँने छन् ।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमबीपीएस गतिको ईन्टरनेट उपभोग गर्न पाउने छन् । १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको ईन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

‘वर्ल्डलिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय ईन्टरनेट सेवा दिन तल्लिन छ । नेपालको ईन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप हामीले नयाँ योजना सार्वजनिक गरेका हौं,’ वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल भन्नु हुन्छ ।

विभिन्न तथ्यांकले देखाए अनुसार विश्वमा औसत ईन्टरनेटको स्पिड ८० एमबीपीएस हारारारीमा छ भने नेपालमा ईन्टरनेटको औसत स्पिड २२ एमबीपीएस छ । साढे पाँच लाख परिवारलाई ईन्टरनेटसँग जोडेको वल्र्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा छ ।


काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच वर्ल्डलिंकले आफ्नो नयाँ योजना सार्वजनिक गरेको छ । उच्च गतिको ईन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वल्र्डलिंकको अपेक्षा छ ।

वर्ल्डलिंकका हालका प्रयोगकर्ताहरुले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने छन् । यसको लागि डुअल व्याण्ड भएको राउटर मात्रै आवश्यक पर्नेछ ।

यो योजनाले ईन्टरनेट सेवाग्राहीको वाई–फाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने वल्र्डलिंकको विश्वास छ । उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वल्र्डलिंकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको छ ।

साहसिक निर्मल पुर्जा वल्र्डलिंकका सद्भावना दूत

आठ हजार भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहरण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा वल्र्डलिंकको सद्भावना दूत नियुक्त भएका छन् । बुधबार आयोजित कार्यक्रमका बीच वल्र्डलिंकले पर्जालाई सद्भावना दूत नियुक्त गरेको हो ।

पुर्जाको हिमाल आरोकार सम्बन्धी कथामा आधारित भएर तयार पारिएको वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्सः नथिङ ईज ईम्पोसिबल’ केही साता अघि मात्रै नेटफ्लिक्समार्फत विश्वभर सार्वजनिक भएको छ । नोभेम्बर ३० मा सार्वजनिक भएको वृत्तचित्र नेटफ्लिक्सको सर्वाधिक लोकप्रिय मध्येको एक हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु