२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल स्लो भएको छ? यसरी बढाउनुहोस् स्पीड

३० बैशाख २०७९, शुक्रबार १०:४२

टिप्स | स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन स्लो भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भएका कारण तपाईलाई साथीभाइहरूको स्पीड मोबाइलका अगाडि आफ्नो मोबाइल प्रयोग गर्न लज्जाबोध त भइरहेको छैन ? सुरूमा खरिद गर्दा तेज गतिमा चल्ने तपाईको मोबाइल हिजोआज विस्तारै सुस्त हुँदै गइरहेको त छैन ? यदि यस्तै समस्यामाबाट ग्रसित हुनुभएको छ भने तपाइँले कुनै चिन्ता लिनु पर्दैन ।

यी समस्या कुनै ठूलो समस्या भने होइनन्, स्मार्टफोन प्रयोगकर्ताका लागि यी सामान्य समस्या बनिसकेका छन । यदी यो समस्याबाट छुटकारा पाउने उपायको खोजीमा हुनुहुन्छ भने हामी तपाईलाई यी समस्याको समाधानको उपायका बारे जानकारी दिन छौ । 

If your phone is running slowly, these tips will ensure you get the maximum performance from it

समस्या पत्ता लगाउनुहोस्

सर्बप्रथम त तपाईले मोबाइलको समस्या चयन गर्नुपर्ने हुन्छ  । तपाइको मोबाइल सुस्त हुनुको कारण के हो त्यो जान्न जरूरी हुन्छ ।

समस्या के का कारणले आएको छ । चाहे त्यो कुनै एउटा एपले हो,अन्य धेरै एपहरू वा सिस्टम आफ्नै कारणले हो त्यो जान्न जरूरी छ ।

केही स्पेस खाली गर्नुहोस्

तपाइले इन्स्टल गरेका विभिन्न एपहरू र खिचेका फोटोहरूले सिस्टमको मेमोरी स्पेस ओघटेर रहेका रहेको हुन् सक्छन ।

सिस्टमलाई राम्ररी चल्नका लागि राखि दिनुपर्ने हुन्छ । यदी फोन लो–स्पेसमा चलिरहेको छ भने त्यो पनि मोबाइल स्लो हुनुको एउटा मुख्य कारण हो ।

आफ्ना फोनमा  कति मेमोरी स्पेस बाँकी छ त्यसलाई जान्नकालागि मोबाइल प्रयोगकर्ताले सेटिङ् भित्रको स्टोरेज अपसनमा क्लिक गरेर थाहा पाउन सकिन्छ ।

मेमोरी स्पेस खाली गर्नका लागि सबैभन्दा सजिलो तरिका एप्सहरू अनइन्टल गर्नु हो । तपाइले आफूलाई नचाइने एप्सहरू त्यहाबाट छानेर अनइन्सटल गर्न सक्नुहुनेछ यसले तपाइको फोनको मेमोरी स्पेस बढाउन सहयोग पुर्याउछ । 

स्मार्टफोन खरिद गर्दै आएका प्री–लोडेड एप्सहरू जुन तपाइले प्रयोग गर्नुहुदैन त्यस्ता एपलाईपनि अनसइन्स्टल गरेर मेमोरी स्पेस बढाउन सकिन्छ । त्यसैगरि अटोमेटिक अपडेटका कारण पनि एपहरूको साइज ठूलो हुने गर्छ ।

धेरै समयसम्म एप चलाइरहँदा त्यस एपमा स्टोर भएको डाटाले पनि मोबाइलमा धेरै स्पेस ओघटेको हुन सक्छ त्यसकारण बेलाबेलामा एप्सले प्रयोग गरेको डाटा लाई डिलिट गर्नाले मेमोरी स्पेस घटाउन मद्दत गर्छ । 

प्रयोगमा रहेका विजेटहरूमा कटौती गर्नुहोस्

मोबाइल प्रयोग गर्दा तपाईलाइ सहयोग पुगोस र मोबाइल चलाउदाको अनुभवलाई नविन्तम र उत्कृष्ट बनाउन मोबाइलमा बिभिन्न बिल्ट–इन विजेटहरू रहेका हुन्छन ।

चाहे त्यो वेदरको होस वा डुअल क्लक मोबाइलमा यसका अलावा अन्य एप्सहरूको पनि विजेट रहेने गरेका हुन्छन । विजेटको प्रयोगले मोबाइल प्रयोगकर्तालाई सहजता त थप्छ तर एकैसाथ धेरै विजेटहरूको प्रयोग गर्दा भने यसले मोबाइलको पर्फरमेन्समा असर पुर्याइरहेको हुन्छ ।

एकैसाथ धेरै भन्दा धेरै विजेट ब्याग्राउण्डमा चल्दा यसले फोनलाई सुस्त बनाउछ , यसकारण अत्यावशेक कार्य बाहेकका विजेटहरूको प्रयोगमा कटौती गर्नु बुद्धिमानी कार्य हुन्सक्छ । 

नचाहिँदो एनिमेसन र अन्य इफेक्टलाई बन्द गनुहोस्

मोबाइलको थेप र लुक राम्रो देखिने बिभिन्न किसिमका लन्चरहरूको प्रयोग गरिरहनु भएको छ भने सावधान यो पनि तपाइको मोबाइल सुस्त हुनुको कारण हो ।

हरेक लन्चरहरूमा विभिन्न किसिमका एनिमेसन र स्पेशल इफेक्टहरूको प्रयोग गरिएको हुन्छ । यीनीहरूले तपाइको मोबाइलाई उत्कृष्ट लुक त प्रदान गछर्न तर साथसाथै यसका कारण तपाइको फोन तुलनात्मक रूपमा सुस्त बनाउन जिम्मेवार पनि हुने गरेका छन् ।  

तपाइले ती अनावश्यक इफेक्ट र एनिमेसनलाई लन्चरको सेटिङ्मा गएर बन्द गर्न सक्नुहुन्छ । साथै लन्चरले प्रदान गर्ने अन्य एप्सहरूलाइपनि आफै बन्द गर्न सकिन्छ जस्ले तपाइको मोबाइलको स्पीड बढाउन सहयोग पुर्याउछ ।

एप्सहरू बन्द गरेर र्याममा धेरै स्पेस फ्री गराउनुहोस्

मोबाइल हिजोआज एउटामात्र कार्यकालागि प्रयोग गरिदैन । तपाइ मोबाइलमा एकैपटक धेरै भन्दा धेरै एप्सहरू प्रयोग गर्नुचाहनुहुन्छ । यो मात्र होइन मल्टीटाक्सिङ् आजको आवश्यकता नै भइसकेको छ ।

तपाइले धेरै भन्दा धेरै एप्स चलाउँदा त्यसले तपाइको मोबाइलको पर्फरमेन्समा ह्रास ल्याइरहेको हुन्छ । ब्याग्राउन्डमा चल्ने एप्सका कारण तपाइको मोबाइलको र्याममा भएको स्पेस ओघटिरहेको हुन्छ र थोरै मात्र र्याममा स्पेस बच्ने भएकाले त्यसले मोबाइललाई सुस्त बनाउन सक्छ ।

तसर्थ ब्याग्राउन्डमा चलिरहेका अनावश्य एप्सहरूलाई बन्द गरेर र्याममा धेरै स्पेस फ्री गराउन सकिन्छ  जसका कारण मोबाइलको स्पीडमा बृद्धि गराउन सकिन्छ ।

र्यामलाई फ्री गराउनकालागि चलीरहेको एप्सहरूको लिस्ट हेरेर क्लोज अला एप्स अपसनमा क्लीक गर्न सकिन्छ भने र्यामलाई सेलेक्ट गरेर यार्मको मेरोरी समेत फ्री गर्न सकिनेछ । यो प्रक्रिया मोबाइलपिछे फरक हुने गर्दछ ।

मोबाइललाई रिस्टार्ट गर्नुहोस्

फोन स्लो र ह्याङग भएका बेला त्यसलाई छिटो बनाउनका लागि मोबाइल रिस्टार्ट गर्नु एउटा सबैभन्दा सजिलो र छिटो उपाय मानिन्छ । त्यसो गर्नाले मोबाइललाई पहिलेकै स्पीडमा चलाउन सकिन्छ ।

रिस्टार्ट गरे पश्चात त्यस फोनको क्याच क्लीयर गर्ने , अनावश्यक एप्सहरूलाई चल्नबाट रोक्नाले मोबाइललाई छिटो बनाउन सकिन्छ ।

मोबाइल रिस्टार्ट गर्नका लागि पावर बटनलाई केहिबेर सम्म थिच्ने र रिस्टार्ट अपसनमा क्लिक गरेर गर्न सकिन्छ । यसका अलावा मोबाइलमा कुन एपले अत्याधिक ब्याट्र खपत गरिरहेका छन् त्यो जान्नका लागि सेटिङभित्रको ब्याट्री अपस्नमा क्लिक गरेर थाहा पाउन सकिन्छ ।

साथै र्यामको प्रयोगको बारेमा पनि सेटिङभित्रको एप म्यानेजरबाट थाहापाउन सकिन्छ  यो फिचर भने मोबाइलपिछे फरक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली