२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिशहोमको फाइबरनेट अब सातै प्रदेशमा, कहाँ कहाँ छ सेवा ?

२०७९, २ जेष्ठ सोमबार ०९:४९

जेठ २, काठमाडौं | डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमले सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले हाल सातै प्रदेशका मुख्य सहरमा फाइबरनेट विस्तार गरेको छ ।

कम्पनीले ‘डिशहोम फाइबरनेट’ का साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।


कम्पनीका अनुसार डिशहोम फाइबरनेट प्रदेश नं १ को इनरुवा, इटहरी, धरान, विराटनगर, विर्तामोड, दमक, बाहुनडाँगी र काँकडभिट्टामा उपलब्ध छ ।

त्यसैगरी मधेश प्रदेशमा वीरगंज, कलैया, ढल्केबर, सर्लाही, बर्दिबास, जनकपुर र लाहानमा डिशहोम फाइबरनेट उपलब्ध छ भने बागमती प्रदेशको नारायणगढ, भरतपुर, हेटौंडा, ललितपुर, काठमाडौं,भक्तपुर, बनेपा र पनौतीमा उपलब्ध छ ।

गण्डकी प्रदेशमा हेम्जा, पोखरा, मझेरीपाटन, नवलपुर, गोरखा र गैँडाकोटमा उपलब्ध छ भने लुम्बिनी प्रदेशमा तुलसीपुर, नेपालगञ्ज, बाँके, दाङ, भैरहवा, बुटवल र तानसेनमा डिसहोमको फाइबरनेट उपलब्ध छ ।

यस्तै कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर, अत्तरीया र धनगढीमा पनि फाइबरनेट सेवा पुगिसकेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने