२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुनसुकै समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी

२०७९, १९ जेष्ठ बिहीबार ०६:१७

जेठ १९, काठमाडौँ | इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको आग्रहमा प्राधिकरणले यस्तो निर्देशन दिएपछि आईस्पानले चेतावनीयुक्त विज्ञप्ति जारी गरेको हो ।


आईस्पानले यस्तो निर्देशन कार्यान्वयन गर्न समर्थ नरहेको जवाफ दिएको छ । ‘एकातिर राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभर प्रवाह गर्न भनिरहेको अवस्था छ भने अर्कोतर्फ नेपाल विद्युत् प्राधिकरणका क्रियाकलापहरूले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न भएको छ,’ आईस्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कक्षा १२ को वाषिर्क परीक्षा सञ्चालनमा प्रतिकूल असर पार्ने अवस्था रहेको हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विशेष ध्यानाकर्षण गराउँछौ ।’

विद्युत् प्राधिकरणले सरकारको सहभाथिगतमा भएको अध्ययन प्रतिवेदन कार्यान्वयन नगरी पोलको भाडा बढाएको भन्दै सेाव प्रदाकयले आपत्ति जनाएका छन् ।

बढेको पोल भाडा तिर्ने गरी पोलभाडा सम्झौता नगरेको भन्दै प्राधिरकणले विद्युत आपूर्तिमै अवरोध पुर्‍याएको आईस्पानको आरोप छ । इन्टरनेट सेवा प्रदायकले पोल भाडा नबुझाएपछि प्राधिरकणले पटक-पटक लाइन कटौती गर्ने चेतावनी दिँदै आएको छ ।

इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेकाले नियामक निकायको निर्देशन पालना गर्न असमर्थ रहेको आईस्पानको भनाइ छ ।

‘विद्युत कटौती हुँदा आमउपभोक्ताको घरघरमा बैंक तथा वित्तीय क्षेत्र, उड्डयन क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लगायतका संवेदनशील क्षेत्रमा इन्टरनेट सेवा प्रवाह अवरुद्ध हुनसक्ने स्थिति सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

इन्टरनेट सेवा अवरुद्ध हुनबाट रोक्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय लगायत सम्बन्धित नेपाल सरकारका निकायहरुलाई आईस्पानले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा