१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुनसुकै समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी

१९ जेष्ठ २०७९, बिहीबार ०६:१७

जेठ १९, काठमाडौँ | इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको आग्रहमा प्राधिकरणले यस्तो निर्देशन दिएपछि आईस्पानले चेतावनीयुक्त विज्ञप्ति जारी गरेको हो ।


आईस्पानले यस्तो निर्देशन कार्यान्वयन गर्न समर्थ नरहेको जवाफ दिएको छ । ‘एकातिर राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभर प्रवाह गर्न भनिरहेको अवस्था छ भने अर्कोतर्फ नेपाल विद्युत् प्राधिकरणका क्रियाकलापहरूले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न भएको छ,’ आईस्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कक्षा १२ को वाषिर्क परीक्षा सञ्चालनमा प्रतिकूल असर पार्ने अवस्था रहेको हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विशेष ध्यानाकर्षण गराउँछौ ।’

विद्युत् प्राधिकरणले सरकारको सहभाथिगतमा भएको अध्ययन प्रतिवेदन कार्यान्वयन नगरी पोलको भाडा बढाएको भन्दै सेाव प्रदाकयले आपत्ति जनाएका छन् ।

बढेको पोल भाडा तिर्ने गरी पोलभाडा सम्झौता नगरेको भन्दै प्राधिरकणले विद्युत आपूर्तिमै अवरोध पुर्‍याएको आईस्पानको आरोप छ । इन्टरनेट सेवा प्रदायकले पोल भाडा नबुझाएपछि प्राधिरकणले पटक-पटक लाइन कटौती गर्ने चेतावनी दिँदै आएको छ ।

इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेकाले नियामक निकायको निर्देशन पालना गर्न असमर्थ रहेको आईस्पानको भनाइ छ ।

‘विद्युत कटौती हुँदा आमउपभोक्ताको घरघरमा बैंक तथा वित्तीय क्षेत्र, उड्डयन क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लगायतका संवेदनशील क्षेत्रमा इन्टरनेट सेवा प्रवाह अवरुद्ध हुनसक्ने स्थिति सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

इन्टरनेट सेवा अवरुद्ध हुनबाट रोक्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय लगायत सम्बन्धित नेपाल सरकारका निकायहरुलाई आईस्पानले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक