१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिभो वाई५५ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

१४ असार २०७९, मंगलवार १०:०१

असार १४, काठमाडौं | नेपाली बजारमा नयाँ स्मार्टफाेन ‘भिभाे वाई५५’ सार्वजनिक भएकाे छ । प्रिमियम डिजाइन, उत्कृष्ट प्रविधि र क्यामेरासहित याे फाेन नेपाली उपभाेक्तामाझ भित्र्याएकाे भिभाेले जनाएकाे छ ।

भिभो वाई ५५ नेपालमा उपलब्ध, क्वालकम स्न्यापड्रेगन ६८० लगायत आकर्षक विशेषता  « Pariwartan Khabar

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । ८ जीबी र्‍याम दिइएकाे फाेनमा प्रयाेगकर्ताले भर्चुअल माध्यमबाट ४ जीबी र्‍याम थप गर्न सक्छन् । यो फोनमा ४४ वाट फ्ल्याश चार्जिङ सिस्टम उपलब्ध गराइएकाे छ ।

‘उपभोक्ताहरूको माग र आवश्यकताहरूलाई पूरा गर्न भिभो सँधै प्रयासरत छ,’ भिभो नेपालका सीईओ माइकलले भने, ‘हामीले युवा केन्द्रित ‘वाई’ सिरिजमा सबैका लागि अत्याधुनिक विशेषता प्रदान गर्ने दृष्टिकोण राखेका छौं । वाई’ सिरिजका अन्य मोडलमा प्रयोगकर्ताबाट आएको प्रतिक्रियाका आधारमा आवश्यक सुधार गर्दै ‘वाई५५’ ल्याएका छौं । एक्सटेन्डेड र्‍याम २.०, ठूलो मेमोरी, उत्कृष्ट प्रोसेसर र आकर्षक डिजाइनले यसलाई बजारमा एक योग्य स्मार्टफोन बनाउने छ ।’

एन्ड्रोइड १२ मा आधारित फोनमा क्वालकम स्न्यापड्रयागन ६८० प्रोसेसर रहेको छ  । ६.४४ इन्च एफएचडी प्लस एमोलेड डिस्प्ले युक्त फोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ सुविधा छ ।

फोनमा उच्चस्तरीय फोटोग्राफी र भिडियोग्राफीका लागि ‘वाई५५’ मा ५० मेगापिक्सेलको एचडी रियर क्यामेरा रहेको छ । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको फोनमार्फत भिभोको एडभान्स पोट्र्रेट अल्गोरिदमद्वारा आकर्षक सेल्फी खिच्न सकिने जनाइएको छ ।

फोनमा ८ जीबी र्‍याम (जसमा ४ जीबी भर्चुअल र्‍याम थप्न सकिने) र १२८ जीबी रोम रहेको छ । यसलाई एसडी कार्डको मद्दतले १ टिबीसम्म बढाउन सकिने जनाइएको छ ।

फोनमा ५००० एमएएच क्षमताको ब्याट्री र ४४ वाट फ्ल्याश चार्ज सिस्टम रहेको छ ।

यो फोन नेपाली बजारमा मिडनाइट ग्यालेक्सी र आइस डन कलर गरी दुई फरक भेरियन्टमा उपलब्ध भएको छ, जसको बजार मूल्य ३३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ