२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिभो वाई५५ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

२०७९, १४ असार मंगलवार १०:०१

असार १४, काठमाडौं | नेपाली बजारमा नयाँ स्मार्टफाेन ‘भिभाे वाई५५’ सार्वजनिक भएकाे छ । प्रिमियम डिजाइन, उत्कृष्ट प्रविधि र क्यामेरासहित याे फाेन नेपाली उपभाेक्तामाझ भित्र्याएकाे भिभाेले जनाएकाे छ ।

भिभो वाई ५५ नेपालमा उपलब्ध, क्वालकम स्न्यापड्रेगन ६८० लगायत आकर्षक विशेषता  « Pariwartan Khabar

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । ८ जीबी र्‍याम दिइएकाे फाेनमा प्रयाेगकर्ताले भर्चुअल माध्यमबाट ४ जीबी र्‍याम थप गर्न सक्छन् । यो फोनमा ४४ वाट फ्ल्याश चार्जिङ सिस्टम उपलब्ध गराइएकाे छ ।

‘उपभोक्ताहरूको माग र आवश्यकताहरूलाई पूरा गर्न भिभो सँधै प्रयासरत छ,’ भिभो नेपालका सीईओ माइकलले भने, ‘हामीले युवा केन्द्रित ‘वाई’ सिरिजमा सबैका लागि अत्याधुनिक विशेषता प्रदान गर्ने दृष्टिकोण राखेका छौं । वाई’ सिरिजका अन्य मोडलमा प्रयोगकर्ताबाट आएको प्रतिक्रियाका आधारमा आवश्यक सुधार गर्दै ‘वाई५५’ ल्याएका छौं । एक्सटेन्डेड र्‍याम २.०, ठूलो मेमोरी, उत्कृष्ट प्रोसेसर र आकर्षक डिजाइनले यसलाई बजारमा एक योग्य स्मार्टफोन बनाउने छ ।’

एन्ड्रोइड १२ मा आधारित फोनमा क्वालकम स्न्यापड्रयागन ६८० प्रोसेसर रहेको छ  । ६.४४ इन्च एफएचडी प्लस एमोलेड डिस्प्ले युक्त फोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ सुविधा छ ।

फोनमा उच्चस्तरीय फोटोग्राफी र भिडियोग्राफीका लागि ‘वाई५५’ मा ५० मेगापिक्सेलको एचडी रियर क्यामेरा रहेको छ । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको फोनमार्फत भिभोको एडभान्स पोट्र्रेट अल्गोरिदमद्वारा आकर्षक सेल्फी खिच्न सकिने जनाइएको छ ।

फोनमा ८ जीबी र्‍याम (जसमा ४ जीबी भर्चुअल र्‍याम थप्न सकिने) र १२८ जीबी रोम रहेको छ । यसलाई एसडी कार्डको मद्दतले १ टिबीसम्म बढाउन सकिने जनाइएको छ ।

फोनमा ५००० एमएएच क्षमताको ब्याट्री र ४४ वाट फ्ल्याश चार्ज सिस्टम रहेको छ ।

यो फोन नेपाली बजारमा मिडनाइट ग्यालेक्सी र आइस डन कलर गरी दुई फरक भेरियन्टमा उपलब्ध भएको छ, जसको बजार मूल्य ३३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने