प्रतिवेदन सार्वजनिक गर्दै एक घण्टा अगाडि मरेको सुँगुरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रतिवेदन सार्वजनिक गर्दै एक घण्टा अगाडि मरेको सुँगुरक"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञानले मरेको मान्छेलाई जिउँदो फर्काउन सक्ला ? सुँगुरमा सफल भए वैज्ञानिक

२०७९, २१ श्रावण शनिबार ०८:३५

साउन २१, काठमाडौं | वैज्ञानिकहरूले मृत सुँगुरको शरीरमा पुनः रगत प्रवाहलाई सञ्चालन गर्न तथा कोषिकालाई पुनर्जीवित तुल्याउन सफल भएका छन् । अमेरिकी वैज्ञानिक टोलीले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै एक घण्टा अगाडि मरेको सुँगुरका अङ्गलाई पुनः काम गर्ने स्थितिमा फर्काउन सफलता हात लागेको बताएको हो । 


यो घटनाबाट मृत्युको परिभाषालाई नै परिवर्तन भएको केही विज्ञहरूले तर्क समेत दिएका छन् । यो सफलता भोलिको दिनमा मानिसहरूमा पनि प्रयोग गर्न सकिने उनीहरूको भनाई छ ।

यसरी ब्युताइएको अंगहरूलाई मानिसहरूमा प्रत्यारोपण गरि हजारौं मानिसहरूको जीवन बचाउन सकिने उनीहरूको तर्क छ । सार्वजनिक भएको प्रतिवेदनका अनुसार  उनीहरूले बेहोस पारिएको सुँगुरमा हृदयघात गराइएको थियो, जसबाट शरीरमा रगत प्रवाह बन्द भएको थियो ।

Research in pigs shakes up what we know about dying – CNN

यस्तोमा शरीरका कोषहरूमा अक्सिजन प्रवाह रोकिन्छ र अक्सिजन नपाउँदा कोषिकाहरू मर्न थाल्छन् । यो प्रकृया मार्फत उक्त सुँगुर एक घण्टासम्म मृत अवस्थामा थियो ।

त्यसपछि वैज्ञानिकहरूले उक्त सुँगुरको रगतमा सिन्थेटिक हेमोग्लोबिन मिसाएर शरीरमा पठाइएको थियो । सुँगुरको रातो रक्तकोषिकामा अक्सिजन सहित सो कोषिकालाई सुरक्षा गर्ने औषधी पनि मिसाइएको थियो । 

यसरी राखिएको रगत उसको मृत शरीरमा प्रवाह हुन सुरु भएपछि सुँगुरको मुटु, कलेजो र किड्नीले पुनः काम गर्न थालेको थियो । यसरी ती अङ्गहरू छ घण्टासम्मको परीक्षण अवधिभर चलेका थिए । यसले मरेको कोषिकालाई पुनः जीवित गराउन सकिने कुरा प्रमाणित भएको प्रतिवेदनमा उल्लेख छ । 

यो परीक्षणलाई वैज्ञानिकहरूले ‘अर्गानएक्स’ नाम दिएका छन् । यो प्रविधि मानिसमा पनि परीक्षण गरिने बताइएको छ । यद्यपि यो प्रविधि मानिसहरूमा उपयोगी हुने कुरा भने अझै पनि अन्यौलतामा नै रहेको केही विज्ञहरू बताउँछन् ।

यो परीक्षणलाई केहीले भविष्यका लागि उपयोगी हुने तर्क राखेका छन् भने केहीले मानिसमा यो प्रयोग प्रभावकारी नहुने अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने