प्रतिवेदन सार्वजनिक गर्दै एक घण्टा अगाडि मरेको सुँगुरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रतिवेदन सार्वजनिक गर्दै एक घण्टा अगाडि मरेको सुँगुरक"/>
१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञानले मरेको मान्छेलाई जिउँदो फर्काउन सक्ला ? सुँगुरमा सफल भए वैज्ञानिक

२१ श्रावण २०७९, शनिबार ०८:३५

साउन २१, काठमाडौं | वैज्ञानिकहरूले मृत सुँगुरको शरीरमा पुनः रगत प्रवाहलाई सञ्चालन गर्न तथा कोषिकालाई पुनर्जीवित तुल्याउन सफल भएका छन् । अमेरिकी वैज्ञानिक टोलीले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै एक घण्टा अगाडि मरेको सुँगुरका अङ्गलाई पुनः काम गर्ने स्थितिमा फर्काउन सफलता हात लागेको बताएको हो । 


यो घटनाबाट मृत्युको परिभाषालाई नै परिवर्तन भएको केही विज्ञहरूले तर्क समेत दिएका छन् । यो सफलता भोलिको दिनमा मानिसहरूमा पनि प्रयोग गर्न सकिने उनीहरूको भनाई छ ।

यसरी ब्युताइएको अंगहरूलाई मानिसहरूमा प्रत्यारोपण गरि हजारौं मानिसहरूको जीवन बचाउन सकिने उनीहरूको तर्क छ । सार्वजनिक भएको प्रतिवेदनका अनुसार  उनीहरूले बेहोस पारिएको सुँगुरमा हृदयघात गराइएको थियो, जसबाट शरीरमा रगत प्रवाह बन्द भएको थियो ।

Research in pigs shakes up what we know about dying – CNN

यस्तोमा शरीरका कोषहरूमा अक्सिजन प्रवाह रोकिन्छ र अक्सिजन नपाउँदा कोषिकाहरू मर्न थाल्छन् । यो प्रकृया मार्फत उक्त सुँगुर एक घण्टासम्म मृत अवस्थामा थियो ।

त्यसपछि वैज्ञानिकहरूले उक्त सुँगुरको रगतमा सिन्थेटिक हेमोग्लोबिन मिसाएर शरीरमा पठाइएको थियो । सुँगुरको रातो रक्तकोषिकामा अक्सिजन सहित सो कोषिकालाई सुरक्षा गर्ने औषधी पनि मिसाइएको थियो । 

यसरी राखिएको रगत उसको मृत शरीरमा प्रवाह हुन सुरु भएपछि सुँगुरको मुटु, कलेजो र किड्नीले पुनः काम गर्न थालेको थियो । यसरी ती अङ्गहरू छ घण्टासम्मको परीक्षण अवधिभर चलेका थिए । यसले मरेको कोषिकालाई पुनः जीवित गराउन सकिने कुरा प्रमाणित भएको प्रतिवेदनमा उल्लेख छ । 

यो परीक्षणलाई वैज्ञानिकहरूले ‘अर्गानएक्स’ नाम दिएका छन् । यो प्रविधि मानिसमा पनि परीक्षण गरिने बताइएको छ । यद्यपि यो प्रविधि मानिसहरूमा उपयोगी हुने कुरा भने अझै पनि अन्यौलतामा नै रहेको केही विज्ञहरू बताउँछन् ।

यो परीक्षणलाई केहीले भविष्यका लागि उपयोगी हुने तर्क राखेका छन् भने केहीले मानिसमा यो प्रयोग प्रभावकारी नहुने अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण