२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकले बनाए अनौठो टाटु, बिरामी हुनु अगाडि नै बताइदिने

२२ श्रावण २०७९, आईतवार ०९:५५

साउन २२, काठमाडौँ | वर्तमान युगमा विज्ञानले निकै धेरै प्रगति गरिसकेको छ । वैज्ञानिकहरूले कैयन् असम्भव लाग्ने चिजहरूलाई सम्भव बनाएर देखाइदिएका छन् । मानिसको जीवन पहिलेभन्दा निकै सहज बनेको छ । मानिसको स्वास्थ्य र रोगका सम्बन्धमा पनि धेरै अनुसन्धान भएका छन् । यद्यपि अहिलेसम्म पनि कतिपय रोगहरुको पूर्ण उपचार अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।

Scientists are preparing such a tattoo that will tell the condition of your  body, you will know before you get sick – The India Print :  theindiaprint.com, The Print

रोग लागेर उपचार गर्नुभन्दा रोकथाम नै उत्तम उपाय हो । मानिस बिरामी पर्नु अगाडि त्यसका प्रारम्भिक लक्षणहरू द्येखिएका हुन्छन्, जसलाई बेवास्ता गरियो भने रोगले गम्भीर अवस्थामा पुर्‍याँछ । हामीले हाम्रो शरीरमा रोगका सूचकहरू बारेमा थाहा नपाउन वा नजरअन्दाज गर्न पनि सक्दछौं । तर वैज्ञानिकहरुले यस्तो टाटुको विकास गरेका छन् जले मानिसको शरीरको स्वास्थ्यका बारेमा बताइदिनेछ ।

उक्त टाटुले मानिस बिरामी हुनु भन्दा अगाडि नै सूचित गर्नेछ । शरीरमा कुनै पनि उपकरण नलगाइकनै उक्त टाटुले मानिसको बिमारको पूर्वसूचना दिनेछ ।

दक्षिण कोरियाली वैज्ञानिकहरुले मानिसको स्वास्थ्य तथा बिमारी पत्ता लगाउने टाटुको विकास गरेका हुन् ।

न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्ट अनुसार दक्षिण कोरियाली वैज्ञानिकहरू एक अनौठो डिभाइस बनाउने काममा जुटिरहेका छन् । यो डिभाइस मानिसको सरीरमा टाटुको रुपमा रहनेछ र यसले सरीरको अवस्थाको बारेमा जानकारी दिनेछ । मानिस बिरामी हुनु अगावै यसले मानिसलाई तत्कालै सूचना दिनेछ ।

कोरियन एडभान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिकहरुले एक विद्युतीय टाटु मसी तयार गरिरहेका छन् । तलर धातु तथा कार्वन नानोट्युबको प्रयोग गरी उक्त टाटु मसी तयार गरिएको छ । यसले बायो इलेक्ट्रोडको रुपमा काम गर्नेछ । उक्त टाटुलाई इसीजी डिभाइससँग जोडिनेछ । त्यसपछि यसले मानिसको मुटुको अवस्थाका बारेमा बताउनेछ । त्यसका अलावा रगतमा ग्लुकोजको मात्राको बारेमा पनि जानकारी दिनेछ ।

रिपोर्ट अनुसार शोधकर्ताहरु यसको बायोसेन्सरको प्रयोग गर्न चाहन्छन् । जसबाट यो प्रविधि अझै धेरै हाइटेक हुनेछ ।

यो परियोजनाका प्रमुख स्टिभ पार्कका अनुसार भविष्यमा टाटु मसीसँगै एक वायरलेस चिप पनि जडान गरिनेछ जसले बाहिरी डिभाइसमा सिग्नल पठाउनेछ । यसबाट मानिसको शरीरका बारेमा सबै कुरा पत्ता लगाउन सकिनेछ । उक्त चिपले सिग्नल पठाउने मनिटरलाई घरमै पनि जडान गर्न सकिनेछ । यो मसीको टाटु एकपटक खोपिसकेपछि मेटाउन सकिने छैन । किनकी यो मसीलाई ग्यालियम जस्ता पदार्थ मिलाएर तयार गरिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली