२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकले बनाए अनौठो टाटु, बिरामी हुनु अगाडि नै बताइदिने

२०७९, २२ श्रावण आईतवार ०९:५५

साउन २२, काठमाडौँ | वर्तमान युगमा विज्ञानले निकै धेरै प्रगति गरिसकेको छ । वैज्ञानिकहरूले कैयन् असम्भव लाग्ने चिजहरूलाई सम्भव बनाएर देखाइदिएका छन् । मानिसको जीवन पहिलेभन्दा निकै सहज बनेको छ । मानिसको स्वास्थ्य र रोगका सम्बन्धमा पनि धेरै अनुसन्धान भएका छन् । यद्यपि अहिलेसम्म पनि कतिपय रोगहरुको पूर्ण उपचार अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।

Scientists are preparing such a tattoo that will tell the condition of your  body, you will know before you get sick – The India Print :  theindiaprint.com, The Print

रोग लागेर उपचार गर्नुभन्दा रोकथाम नै उत्तम उपाय हो । मानिस बिरामी पर्नु अगाडि त्यसका प्रारम्भिक लक्षणहरू द्येखिएका हुन्छन्, जसलाई बेवास्ता गरियो भने रोगले गम्भीर अवस्थामा पुर्‍याँछ । हामीले हाम्रो शरीरमा रोगका सूचकहरू बारेमा थाहा नपाउन वा नजरअन्दाज गर्न पनि सक्दछौं । तर वैज्ञानिकहरुले यस्तो टाटुको विकास गरेका छन् जले मानिसको शरीरको स्वास्थ्यका बारेमा बताइदिनेछ ।

उक्त टाटुले मानिस बिरामी हुनु भन्दा अगाडि नै सूचित गर्नेछ । शरीरमा कुनै पनि उपकरण नलगाइकनै उक्त टाटुले मानिसको बिमारको पूर्वसूचना दिनेछ ।

दक्षिण कोरियाली वैज्ञानिकहरुले मानिसको स्वास्थ्य तथा बिमारी पत्ता लगाउने टाटुको विकास गरेका हुन् ।

न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्ट अनुसार दक्षिण कोरियाली वैज्ञानिकहरू एक अनौठो डिभाइस बनाउने काममा जुटिरहेका छन् । यो डिभाइस मानिसको सरीरमा टाटुको रुपमा रहनेछ र यसले सरीरको अवस्थाको बारेमा जानकारी दिनेछ । मानिस बिरामी हुनु अगावै यसले मानिसलाई तत्कालै सूचना दिनेछ ।

कोरियन एडभान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिकहरुले एक विद्युतीय टाटु मसी तयार गरिरहेका छन् । तलर धातु तथा कार्वन नानोट्युबको प्रयोग गरी उक्त टाटु मसी तयार गरिएको छ । यसले बायो इलेक्ट्रोडको रुपमा काम गर्नेछ । उक्त टाटुलाई इसीजी डिभाइससँग जोडिनेछ । त्यसपछि यसले मानिसको मुटुको अवस्थाका बारेमा बताउनेछ । त्यसका अलावा रगतमा ग्लुकोजको मात्राको बारेमा पनि जानकारी दिनेछ ।

रिपोर्ट अनुसार शोधकर्ताहरु यसको बायोसेन्सरको प्रयोग गर्न चाहन्छन् । जसबाट यो प्रविधि अझै धेरै हाइटेक हुनेछ ।

यो परियोजनाका प्रमुख स्टिभ पार्कका अनुसार भविष्यमा टाटु मसीसँगै एक वायरलेस चिप पनि जडान गरिनेछ जसले बाहिरी डिभाइसमा सिग्नल पठाउनेछ । यसबाट मानिसको शरीरका बारेमा सबै कुरा पत्ता लगाउन सकिनेछ । उक्त चिपले सिग्नल पठाउने मनिटरलाई घरमै पनि जडान गर्न सकिनेछ । यो मसीको टाटु एकपटक खोपिसकेपछि मेटाउन सकिने छैन । किनकी यो मसीलाई ग्यालियम जस्ता पदार्थ मिलाएर तयार गरिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने